२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालबाट डिस्चार्ज भए अभिनेता दिलीपकुमार



अ+ अ-

एजेन्सी । बलिउडका लिजेन्ड अभिनेता दिलीपकुमार अस्पतालबाट डिस्चार्ज भएका छन् । 

दिलीप कुमारलाई गत आइतबार स्वासप्रस्वासमा समस्या देखिए पछि हिन्दुजा अस्पताल भर्ना गरिएको थियो । 

गत महिना पनि दिलीपकुमार अस्पताल भर्ना भएका थिए । 

वास्तविक नाम मोहम्मद युसुफ खान रहेका उनी दिलीपकुमारबाटै परिचित छन् । उनले ‘ज्वार भाटा’, ‘अन्दाज’, ‘आन’, ‘देवदास’, ‘आजाद’, ‘मुगल ए आजाद’, ‘गंगा जमुना’, ‘क्रान्ति’, ‘कर्मा’ र ‘सौदागर’ जस्ता ५० भन्दा बढी बलिउड फिल्ममा काम गरेका छन् । 

उत्कृष्ट अभिनयका कारण उनलाई फिल्म फेयर अवार्डमा ८ पटक बेष्ट अभिनेताको सम्मान मिलेको छ । बलिउडमा सर्वाधिक फिल्मफेयर पाउने उनी र शाहरुख खान हुन् ।