१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुलेट प्रुफ कारमा उच्च सुरक्षाका साथ मुम्बई एयरपोर्ट पुगे सलमान



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सलमान खान मुम्बईको कलिना एयरपोर्टमा देखिएका छन् । अभिनेता दबंग टुरका लागि कोलकाता प्रस्थान गरेका छन्, जसको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

भिडियोमा भाइजान कालो टी–सर्ट–डेनिम जिन्समा निकै सुन्दर देखिएका छन् । यस क्रममा उनीसँगै मनिष पल पनि देखिएका थिए ।

केही दिनयता सलमान खानलाई ज्यान मार्ने धम्की आइरहेको छ । जसका कारण धेरै सुरक्षाको बीचमा अभिनेता बुलेट प्रुफ कारमा एयरपोर्ट पुगेका थिए । यस क्रममा भाइजानले पापाराजीलाई हात हल्लाए ।

सलमान खान आज कोलकाताको ईस्ट बंगाल फुटबल क्लबको मैदानमा ‘दबंग द टुर रिलोडेड’ नामक कार्यक्रममा सहभागी हुनेछन्, जहाँ उनले लाइभ शो गर्नेछन् । कलाकारको यो शो साँझ सवा ६ बजेदेखि सुरु हुनेछ । मिडिया रिपोर्टका अनुसार यसअघि सलमानले मुख्यमन्त्री ममता बनर्जीसँग कालीघाटको घरमा भेट गर्नेछन् । उनले मुख्यमन्त्रीलाई भेट्न समय मागेका थिए ।

दबंग टुर पहिले नै हुनुपर्ने थियो । यद्यपि यसको कारण भने खुल्न सकेको छैन तर सलमानको सुरक्षाका कारण कार्यक्रम स्थगित भएको अनुमान गरिएको छ ।

सलमान खान हालै पारिवारिक ड्रामा ‘किसी का भाइ किसीकी जान’मा देखिएका थिए । फरहाद सामजीले निर्देशन गरेको यस फिल्ममा पूजा हेगडे, शहनाज गिल, पलक तिवारी र वेंकटेश दग्गुबातीको मुख्य भूमिका रहेको छ । यद्यपि यो मल्टिस्टार फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेन ।

अब सलमान छिट्टै एक्सन फिल्म ‘टाइगर ३’ मा देखिनेछन् । फिल्ममा कट्रिना कैफ र इमरान हाश्मीको पनि महत्वपूर्ण भूमिका रहनेछ । मनेश शर्माले निर्देशन गरेको यो फिल्म नोभेम्बर २०२३ मा रिलिज हुने तय भएको छ ।