३१ भाद्र २०८३, बुधबार
,
Latest
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपंक्षीबाट मानिसमा सर्ने १० वटा रोगलाई प्राथमिकिकरण



अ+ अ-

काठमाडौं । सरकारले पशुपंक्षीबाट मानिसमा सर्ने १० वटा रोगलाई प्राथमिकिकरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार बिहीबार स्वास्थ्य विभागको निर्णयपछि भएको प्रथम जुनोटिक रोगहरुको प्राथमिकिकरण गरिएको हो । 

राष्ट्रिय कार्यशाला गोष्ठीले १० वटा रोगलाई प्रथमिकिकरण गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। 

इन्फ्लुएन्जा, रेबिज, कोरोना भाइरस, ब्रुसेलोसिस, सालमोनेलोसिस, लेस्मिनियासिस, जुनोटिक क्षय रोग, सिस्टिकर्सोसिस÷हाइडाटिडोसिस र टोक्जोप्लास्मोसिस रोगलाई प्रमाणिकरण गरिएको उहाँले बताउनु भयो। 

डा। पौडेलका अनुसार यसबाट सबै पक्षले यी प्राथमिकता परेका अवस्थाहरूको आवश्यक तयारी तथा जनचेतना, प्रयोगशालामा किटहरूको व्यवस्थापनका साथै औषधि व्यवस्थापन गर्न सहज हुने उहाँको भनाइ छ।