१६ भाद्र २०८३, मंगलवार
,
Latest
कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

रासिद खानको १० छक्का गयो खेर, सूर्यकुमारको शतकीय पारीमा मुम्बईसँग २७ रनले हार्यो गुजरात



अ+ अ-

एजेन्सी । सूर्यकुमार यादव (४९ बलमा नटआउट १०३ रन)को शतकको मद्धतमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२३ मा साविक विजेता गुजरात टाइटन्सलाई २७ रनले पराजित गरेको छ ।

यो जितसँगै मुम्बईले तालिकाको तेस्रो स्थानमा आफ्नो स्थान सुरक्षित गरेको छ । मुम्बईको खातामा १४ अंक छ र प्लेअफबाट ३ अंक टाढा छ भने प्लेअफको दौडमा उभिएको गुजरातको प्रतिक्षा बढेको छ । टोली छनोटबाट एक अंक टाढा छ ।

शुक्रबार वानखेडे स्टेडियममा गुजरातले टस जितेर बलिङ रोजेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २१८ रन बनाएको थियो । जवाफमा गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १९१ रन मात्रै बनाउन सक्यो ।

अफगानिस्तानका बलर राशिद खान र अल्जारी जोसेफले आईपीएल इतिहासमा ९औं विकेटका लागि सबैभन्दा ठूलो साझेदारी गरेका छन् । दुवैले ४० बलमा ८८ रन जोडे । यसअघि यो कीर्तिमान इमरान ताहिर र साम करणको नाममा थियो । दुवैले २०२० सिजनमा मुम्बईविरुद्ध शारजाह मैदानमा ३१ बलमा ४३ रन जोडेका थिए ।

पहिले ब्याटिङ गरेको मुम्बईका इशान किशन (३१ रन) र कप्तान रोहित शर्मा (२९ रन)ले अर्धशतकीय साझेदारी गर्दै टोलीलाई उत्कृष्ट सुरुवात गराए । तेस्रो नम्बरमा खेल्न आएका सूर्यकुमार यादवले अविजित १०३ रन बनाए । सूर्यकुमारले ११ चौका र ६ छक्का प्रहार गरे । विष्णु विनोदले ३० रनको योगदान दिए । गुजरातका लागि राशिद खानले ४ विकेट लिए । मोहित शर्माले एक विकेट लिए ।

२१९ रनको लक्ष्य पछ्याएको गुजरातको सुरुवात राम्रो हुन सकेन । टोलीले २६ रनमा तीन विकेट गुमाएको थियो । ओपनर ऋद्धिमान साह २, शुभमन गिल ६ र कप्तान हार्दिक पाण्ड्या ४ रन बनाएर आउट भए । विजय शंकरले २९ र डेभिड मिलरले ४१ रनको योगदान दिए । तल्लो क्रममा आएर राशिद खानले ३२ बलमा ७९ रन बनाएर जितको अन्तर घटाए । राशिदले १० छक्का र तीन चौका प्रहार गरे । अल्जारी जोसेफसँग ४० बलमा अविजित ८८ रनको साझेदारी गरे ।

गुजरातका लागि बलिङतर्फ आकाश मधवालले तीन, पियुष चावला र कुमार कार्तिकेयले दुई–दुई विकेट लिए भने जासन बेहन्डर्फले एक विकेट लिए ।