२० मंसिर २०८२, शनिबार
,
Latest
अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रासिद खानको १० छक्का गयो खेर, सूर्यकुमारको शतकीय पारीमा मुम्बईसँग २७ रनले हार्यो गुजरात



अ+ अ-

एजेन्सी । सूर्यकुमार यादव (४९ बलमा नटआउट १०३ रन)को शतकको मद्धतमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२३ मा साविक विजेता गुजरात टाइटन्सलाई २७ रनले पराजित गरेको छ ।

यो जितसँगै मुम्बईले तालिकाको तेस्रो स्थानमा आफ्नो स्थान सुरक्षित गरेको छ । मुम्बईको खातामा १४ अंक छ र प्लेअफबाट ३ अंक टाढा छ भने प्लेअफको दौडमा उभिएको गुजरातको प्रतिक्षा बढेको छ । टोली छनोटबाट एक अंक टाढा छ ।

शुक्रबार वानखेडे स्टेडियममा गुजरातले टस जितेर बलिङ रोजेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २१८ रन बनाएको थियो । जवाफमा गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १९१ रन मात्रै बनाउन सक्यो ।

अफगानिस्तानका बलर राशिद खान र अल्जारी जोसेफले आईपीएल इतिहासमा ९औं विकेटका लागि सबैभन्दा ठूलो साझेदारी गरेका छन् । दुवैले ४० बलमा ८८ रन जोडे । यसअघि यो कीर्तिमान इमरान ताहिर र साम करणको नाममा थियो । दुवैले २०२० सिजनमा मुम्बईविरुद्ध शारजाह मैदानमा ३१ बलमा ४३ रन जोडेका थिए ।

पहिले ब्याटिङ गरेको मुम्बईका इशान किशन (३१ रन) र कप्तान रोहित शर्मा (२९ रन)ले अर्धशतकीय साझेदारी गर्दै टोलीलाई उत्कृष्ट सुरुवात गराए । तेस्रो नम्बरमा खेल्न आएका सूर्यकुमार यादवले अविजित १०३ रन बनाए । सूर्यकुमारले ११ चौका र ६ छक्का प्रहार गरे । विष्णु विनोदले ३० रनको योगदान दिए । गुजरातका लागि राशिद खानले ४ विकेट लिए । मोहित शर्माले एक विकेट लिए ।

२१९ रनको लक्ष्य पछ्याएको गुजरातको सुरुवात राम्रो हुन सकेन । टोलीले २६ रनमा तीन विकेट गुमाएको थियो । ओपनर ऋद्धिमान साह २, शुभमन गिल ६ र कप्तान हार्दिक पाण्ड्या ४ रन बनाएर आउट भए । विजय शंकरले २९ र डेभिड मिलरले ४१ रनको योगदान दिए । तल्लो क्रममा आएर राशिद खानले ३२ बलमा ७९ रन बनाएर जितको अन्तर घटाए । राशिदले १० छक्का र तीन चौका प्रहार गरे । अल्जारी जोसेफसँग ४० बलमा अविजित ८८ रनको साझेदारी गरे ।

गुजरातका लागि बलिङतर्फ आकाश मधवालले तीन, पियुष चावला र कुमार कार्तिकेयले दुई–दुई विकेट लिए भने जासन बेहन्डर्फले एक विकेट लिए ।