३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

मौद्रिक नीतिको समिक्षाले बैंकिङ क्षेत्रको सन्तुलन कायम गर्छः अध्यक्ष केसी

मौद्रिक नीतिको समिक्षाले बैंकिङ क्षेत्रको सन्तुलन कायम गर्छः अध्यक्ष केसी
अ+ अ-

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मौद्रिक नीतिको समिक्षाले बैंकिङ क्षेत्रको सन्तुलन कायम गर्ने बताउनुभएको छ ।

अध्यक्ष केसीले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाको बैंकर्स संघले स्वागत गरेको भन्दै बैंकिङ क्षेत्रमा देखिएका समस्या केन्द्रित भएर सन्तुलन कायम गर्ने आएको बताउनुभएको हो । उहाँले शुक्रवार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समिक्षाका विषयमा प्रतिक्रिया दिँदै अर्थतन्त्रको चुृनौति र समस्या समाधान गर्ने कोशिस गरेको बताउनु भयो । उहाँले मौद्रिक नीतिको समिक्षामा बैंकिङ क्षेत्रमा देखिएका समस्यालाई समेटिएर सन्तुलन रुपमा ल्याएको बताउनु भयो। उहाँले मौद्रिक नीतिको समिक्षाले बैंकको खराब कर्जा बढ्ने, कर्जाको माग कम हुने जस्ता चुनौतिलाई समाधान गर्न विशेष जोड दिएको बताउनु भयो । उहाँले होटल तथा रेष्टुरेण्ट, पशुपंक्षीपालन, निर्माण क्षेत्रले दिएको बैंकको कर्जा पुनःसंरचना र पुनःतालिकीकरण गर्न पाउने व्यवस्थाले कर्जा संकलनमा देखिएको समस्यालाई सहज बनायने बताउनु भयो। उहाँले कर्जा पुनःसंरचना र पुनःतालिकीकरण गर्न पाउने व्यवस्थाले अफ्ठ्यारोमा परेको उत्पादन उद्योग र निर्माणलाई मद्दत गर्ने बताउनु भयो।

उहाँले भन्नुभयो,‘मौद्रिक नीतिको समिक्षाले अर्थतन्त्रको चुृनौति र समस्या समाधान गर्ने कोशिस गरेको छ । मौद्रिक नीतिको समिक्षालाई बैंकर्स संघले स्वागत गर्न चाहन्छ । मौद्रिक नीतिको समिक्षामा बैंकिङ क्षेत्रमा देखिएका समस्यालाई समेटिएर सन्तुलन रुपमा ल्याएको छ । मौद्रिक नीतिको समिक्षाले धेरै किसिमका चुनौतीहरु जस्तो बैंकको खराब कर्जा बढेर कर्जाको माग कम हुँदै गएको अवस्थालाई विशेष जोड दिएको छ । यसको लागि कर्जा पुनःसंरचना र पुनःतालिकीकरण गर्न पाउने व्यवस्था ल्याएको छ । जसमा होटल तथा रेष्टुरेन्ट, पशुपंक्षीपालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा कोरोनाको समय समस्या परेका थिए ।

साना ऋणहरु थिए जसलाई अफ्ठ्रो भएको थियो। समग्र व्यापार व्यवसाय कम भएको कारण देखिएका चुनौतिहरुलाई सम्बोधन गर्न खोजिएको छ । अफ्ठ्यारोमा परेको उत्पादन उद्योग र निर्माणलाई करिव पुनःसंरचना र पुनःतालिकीकरण गर्न पाउने व्यवस्थाले मदत गर्ने आएको छ । डिभेन्चरको काउण्टलाई डिपोजिटमा काउण्ट गर्ने व्यवस्था पुस मसान्तसम्म पुनःसंरचना र पुनःतालिकीकरण गर्दा १०० अर्बको बैकिङ क्षेत्रलाई उपलब्ध हुन्छ । त्यसले तरलतालाई सहजता गर्ने र बैंकदरलाई घटाएपछि (एसएलएफ)को दर पनि घटन गएर बैंकहरुको बहरिङमा पनि सहता हुने र बैंकको ब्याजदर बिस्तारै कम हुँदै जाने संकेत देखापरेको छ । त्यसैले पोजेटिभ र सन्तुलन कायम गर्ने रुपमा हेरका छौं । बैंक रेट घटेको छ तर पोलिसी रेट यथास्थितीमा राखिएको छ । यसले एसएलएफको रेट कम भएर जाने देखिन्छ । बैंकको कर्जाको ब्याजदर कम हुन थालेको छ । निक्षेपको रेट २.५ प्रतिशतले कम भएको छ । तर तत्काल बैंकको कर्जाको दरमा प्रभाव पार्ने अवस्था छैन ।’

उहाँले मौद्रिक नीतिले स्थायी तरलता सुविधा (एसएलएफ) प्रदान गर्ने बैंक दर १ प्रतिशतले घट्दा तत्काल बैंक कर्जाको ब्याजदरमा असर नपर्ने बताउनु भयो। उहाँले पछिल्लो समय नीतिगत व्यवस्था अनुसार बैंकको निक्षेप र कर्जाको ब्याजदर कम हुँदै गएको बताउनु भयो। उहाँले डिभेन्चरको काउण्टलाई डिपोजिटमा काउण्ट गर्ने व्यवस्था पुस मसान्तसम्म पुनःसंरचना र पुनःतालिकीकरण गर्दा १०० अर्बको बैकिङ क्षेत्रलाई उपलब्ध हुनसक्ने बताउनु भयो। उहाँले १०० अर्ब रुपैयाँ बैंकिङ क्षेत्रमा आउँदा तरलतालाई सहजता आउने बताउनु भयो ।