काठमाडौं । नेपालमा थप ३७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ५२२ जना निको भएका छन् । शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या ६७ रहेको छ ।
देशभर हालसम्म ६ लाख ४ हजार ३९६ जनामा पिसिआर र १८ हजार ७५५ जनामा एन्टिजेनबाट कोरोना पुष्टि भएको छ ।
त्यसमध्ये ५ लाख २० हजार ५१६ संक्रमित निको भएका छन् । कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ३०५ रहेको छ ।