• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल ★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल ★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल ★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन

हेटौंडा मेयर कप बुद्धिचाल प्रतियोगिता सुरु, प्रथम हुनेले रु १ लाख ५० हजार पाउने



हेटौंडा । हेटौंडा मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता शुक्रबारदेखि हेटौंडामा सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

हेटौंडा उपमहानगरपालिका, मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौंडा चेस क्लबको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा २१ विधामा पुरस्कार वितरण गरिने जनाएको छ । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: १ लाख ५० हजार र २५ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ । यस्तै चौथो र पाँचौंलाई २०–२० हजार रुपैयाँ प्रदान गरिने जनाएको छ । अन्य विधागत उत्कृष्टलाई १०–१० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगितामा स्विस लिग प्रणाली अन्तर्गत ९ खेल खेलाइने जनाएको छ । प्रतियोगिता जेठ २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा २० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिना, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीको पनि उपस्थिति रहेको थियो ।