५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा ‘चितौन कचेहेरी’



अ+ अ-

चितवन । चितवनको पहिचानसँगै देशको समस्या र सम्भावनाको खोजी गर्न ‘चितौन कचेहेरी’ कार्यक्रम आयोजना गरिएको छ । नारायणगढको नारायणी कला मन्दिरमा आजदेखि सुरु भएको कचेहेरी शनिबारसम्म सञ्चालन हुनेछ ।

मन्थन चितवन, डबली द स्पेस, दलित युवा जागरण मन्च नेपाल, बेटर चितवन, युथ पोलिटिकल फोरम र नारायणी कला मन्दिरले संयुक्त रूपमा उक्त कार्यक्रम आयोजना गरेका हुन् । चित्तौने कचेहेरीका सहनिर्देशक डा जीवन क्षेत्रीले अहिले नेतृत्व तहमा बसेका व्यक्ति जनताको समस्यालाई सामाधान गर्न सके सकेनन् भन्ने विषयमा बहस हुने बताउनुभयो । सभ्य समाज निर्माणका लागि कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ ।

कचेहेरीमा समसामयिक समस्या, समाधान र सम्भावना खोतल्ने गरी समूहगत छलफल गरिनुका साथै नाटक, साहित्य प्रस्तुत गरिने उत्सव निर्देशक सरिता तिवारीले बताउनुभयो । “दुई दिनसम्म कार्यक्रममा मानिसका जीवनमरणका विषय उठान गरिने र थुनिएका आवाजलाई चिन्तनको मूलधारमा ल्याउने प्रयास गरिने छ”, उहाँले भन्नुभयो । कचेहेरीको पहिलो दिन सात वटा विषयमा समूहगत छलफल हुनेछ ।

घर गाउँको सिंहदरबार: कति विकास, कति शासन रु, कृषिमा उद्यमशीलता: कर्म र मर्म, न्यायको लामो लडाइँ, महिलामाथिको हिंसा: यथार्थ र भाष्य, पानी र पर्यावरण: नदी र भूमिगत जलाधारको दुर्दशा, अस्थित्व र आत्मसम्मानको खोजी, नयाँ युगको राजनीति: विचार कति, व्यवहार कति, विषयमा आज छलफल हुने आयोजकले जनाएको छ । आजै सशस्त्र युद्धमा बेपत्ता पारिएका नागरिकको सम्झनामा नाटक प्रस्तुत गरिने तिवारीले जानकारी दिनुभयो ।

शनिबार विकासमा कहाँ छुटे आदिवासी, जब्बर जात व्यवस्था: समाज अघि बढ्दैछ कि पछि रु, कसरी लेखिँदैछ चितवनको आख्यान रु, मधेस र सत्ता, रैथाने भाषाको साहित्य, चितवन: हिजो, आज र भोलि, ‘स्वप्नबयान’ नाटक प्रस्तुति र गजल वाचन कार्यक्रम हुनेछ । आज उद्घाटन कार्यक्रममा थारु सांस्कृतिको नाच प्रस्तुत गरिरहेको छ ।

कार्यक्रममा साहित्यिक, राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, पत्रकारिता लगायतका क्षेत्रमा क्रियाशील व्यक्तित्वको सहभागिता रहने छ । रासस




भर्खरै