२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्रीमा दावी पेस गर्न प्रदेश प्रमुखको कार्यालय पुगे कृष्णचन्द्र, मनाङे पनि साथमै



अ+ अ-

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दावी पेस गर्न कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली दलबलसहित प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

स्वतन्त्र सांसद दीपक मनाङेसहितको टिम लिएर पोखरेल प्रदेश प्रमुख कार्यालयमा पुगेका हुन् । उनीलाई कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीका सांसदहरूले पनि साथ दिएका छन् ।

बिहिबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न असफल भएपछि गण्डकी सरकार ढलको थियो । मनाङेको समर्थनसँगै कृष्णचन्द्रले नयाँ सरकार गठनका लागि बहुमत जुटाएका छन् ।