२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीका पत्रकार धरानका मेयर हर्क साङपाङको विरोधमा उत्रिए



अ+ अ-

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङविरुद्ध सुनसरीका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् ।

मेयर साङपाङको अभिव्यक्ति र व्यवहारले आफूहरु असुरक्षित भएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीको आह्वानमा उनीहरु आन्दोलनमा उत्रिएका हुन ।

शुक्रबार (आज) महासंघले मेयर साङपाङले सामाजिक सञ्जाल फेसबुकमा समेत पत्रकारहरुको बिरोध गर्न आफ्ना समर्थकहरुलाई उक्साएको आरोप लगाउँदै आफूहरुको सुरक्षा गर्न माग गर्दै सुनसरी जिल्ला प्रशासन कार्यालयमार्फत् गृहमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाएको छ । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा पुगेर मेयर साङपाङबाट आफूहरुको सुरक्षा माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई भेटेर ज्ञापन पत्र बुझाएका छन ।

सामाजिक सञ्जालमा समेत मेयर साङपाङले आफूहरु विरुद्ध आफ्ना सकर्थकहरुलाई परिचालन गर्ने प्रयास गरेकाले सुरक्षाका लागि आफूहरुले प्रमुख जिल्ला अधिकारीमार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराउनु परेको महासंघका अध्यक्ष जनकऋषि राईले बताउनु भयो । उहाँले भन्नु भयो, फेसबुकबाट व्यक्त गर्ने विचारहरुले हामीप्रति उहाँले आफ्ना कार्यकर्ताहरुलाई उक्साई रहेको छ भन्ने हाम्रो ठम्याई हो । त्यो कारणले हामी यहाँ असुरक्षित छौं ।

यो असुरक्षालाई तपाईहरुको तर्फबाट सम्बोधन गरिनु पर्छ । हामी असुरक्षित भयौं । त्यही कारणले हामीले सुनसरीका धरान कार्यक्षेत्र बनाएका साथीहरुलाई आफू सुरक्षित रहेर मात्रै पत्रकारिता गर्नु होला भनेर हामीले हिजोको बैठकबाट अनुरोध पनि गरेका छौं ।

मेयर साम्पाङ विरुद्धको पत्रकार महासंघ सुनसरीको आन्दोलनलाई पत्रकार महासंघ मोरङ र कोशी प्रदेश समिति समेतले ऐक्यवद्धता जनाएको छ ।