२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीका पत्रकार धरानका मेयर हर्क साङपाङको विरोधमा उत्रिए



अ+ अ-

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङविरुद्ध सुनसरीका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् ।

मेयर साङपाङको अभिव्यक्ति र व्यवहारले आफूहरु असुरक्षित भएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीको आह्वानमा उनीहरु आन्दोलनमा उत्रिएका हुन ।

शुक्रबार (आज) महासंघले मेयर साङपाङले सामाजिक सञ्जाल फेसबुकमा समेत पत्रकारहरुको बिरोध गर्न आफ्ना समर्थकहरुलाई उक्साएको आरोप लगाउँदै आफूहरुको सुरक्षा गर्न माग गर्दै सुनसरी जिल्ला प्रशासन कार्यालयमार्फत् गृहमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाएको छ । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा पुगेर मेयर साङपाङबाट आफूहरुको सुरक्षा माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई भेटेर ज्ञापन पत्र बुझाएका छन ।

सामाजिक सञ्जालमा समेत मेयर साङपाङले आफूहरु विरुद्ध आफ्ना सकर्थकहरुलाई परिचालन गर्ने प्रयास गरेकाले सुरक्षाका लागि आफूहरुले प्रमुख जिल्ला अधिकारीमार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराउनु परेको महासंघका अध्यक्ष जनकऋषि राईले बताउनु भयो । उहाँले भन्नु भयो, फेसबुकबाट व्यक्त गर्ने विचारहरुले हामीप्रति उहाँले आफ्ना कार्यकर्ताहरुलाई उक्साई रहेको छ भन्ने हाम्रो ठम्याई हो । त्यो कारणले हामी यहाँ असुरक्षित छौं ।

यो असुरक्षालाई तपाईहरुको तर्फबाट सम्बोधन गरिनु पर्छ । हामी असुरक्षित भयौं । त्यही कारणले हामीले सुनसरीका धरान कार्यक्षेत्र बनाएका साथीहरुलाई आफू सुरक्षित रहेर मात्रै पत्रकारिता गर्नु होला भनेर हामीले हिजोको बैठकबाट अनुरोध पनि गरेका छौं ।

मेयर साम्पाङ विरुद्धको पत्रकार महासंघ सुनसरीको आन्दोलनलाई पत्रकार महासंघ मोरङ र कोशी प्रदेश समिति समेतले ऐक्यवद्धता जनाएको छ ।