२५ श्रावण २०८३, सोमबार
,
Latest
इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्जुले यशस्वीलाई शतक लगाउन इशारा गरेका थिए तर…



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को ५६ औं खेल कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स बीच खेलिएको थियो । बिहीबार कोलकाताको इडेन गार्डेनमा भएको खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ९ विकेटले पराजित गरेको थियो ।

ओपनर यशस्वी जैसवालको तीव्र ब्याटिङको आधारमा राजस्थानले १४ ओभर सकिनुअघि नै खेल जितेको थियो । यस खेलमा राजस्थान रोयल्सको जितको नायक यशस्वी जैसवाल बने ।

यस खेलमा यशस्वी जैसवालले आईपीएलको सबैभन्दा छिटो अर्धशतक बनाउँदै कीर्तिमान राखे । यशस्वीले १३ बलमा अर्धशतक पूरा गरे । यस खेलमा यशस्वी जैसवालले शतक पूरा गर्न नसकेपनि कप्तान सञ्जु सामसनले यशस्वीलाई शतक पूरा गराउन सक्दो प्रयास गरे । सञ्जुले शतक पूरा गर्न यशस्वी जैसवाललाई विशेष इशारा गरेका थिए ।

यो खेलमा राजस्थानलाई जितका लागि १५० रन आवश्यक थियो । पहिलो ओभरदेखि नै यशस्वी जैसवालले जसरी ब्याटिङ गरिरहेका थिए, त्यसबाट उनले शतक पूरा गर्नेछन् भन्ने लाग्थ्यो तर त्यसो भएन । राजस्थानले १२ ओभरको अन्त्यमा १४० रन बनाएको थियो भने यशस्वी जैसवाल ८९ रनमा खेल्दै थिए । कोलकाताका लागि सुयश शर्मा यसपछि अर्को ओभर बलिङ गर्न आए ।

आफ्नो ओभरको अन्तिम बलमा सञ्जु सामसन स्ट्राइकमा थिए । सुयश शर्माले अन्तिम बल लेग साइडमा राख्ने प्रयास गरे तर त्यसमा उनी सफल हुन सकेनन् र बल वाइडतर्फ गइरहेको थियो तर सञ्जुले रोके जसले गर्दा यशस्वी जैसवालले शतक पूरा गर्न सकुन् ।

त्यसपछि अर्को ओभरमा स्ट्राइक यशस्वी जैसवालको हातमा आयो । सञ्जु सामसनले नन स्ट्राइकर एन्डमा यशस्वी जैसवाललाई छक्का प्रहार गर्दै शतक पूरा गर्न संकेत गरे । तर, यशस्वीले छक्का प्रहार गरेनन् र चौका प्रहार गरी आफ्नो टोलीलाई जित दिलाए । यस खेलमा यशस्वी जसवाल ९८ रन बनाएर अविजित रहे ।

यो पनिः कुनै फिल्मी कथा भन्दा फरक छैन पानीपुरी बेच्ने यशस्वीको आईपीएल यात्रा