९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

कुनै फिल्मी कथा भन्दा फरक छैन पानीपुरी बेच्ने यशस्वीको आईपीएल यात्रा

कुनै फिल्मी कथा भन्दा फरक छैन पानीपुरी बेच्ने यशस्वीको आईपीएल यात्रा
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को ५६ औँ खेलमा राजस्थान रोयल्सले यशस्वी जैसवालको विस्फोटक इनिङ्सको मद्दतमा कोलकाता नाइट राइडर्सलाई ९ विकेटले पराजित गरेको छ ।

बिहीबार इडेन गार्डेन स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । जवाफमा जैसवालले ४७ बलमा ९८ रनको नटआउट इनिङ खेल्दै आरआरलाई १३.१ ओभरमै (४१ बल बाँकी छँदै) जित दिलाए ।

जैसवाल जारी सिजनमा उत्कृष्ट लयमा छन् । हालसम्म १२ खेल खेलेका उनले ५७५ रन बनाइसकेका छन् । उनको स्ट्राइक रेट १६७.१५ रहेको छ । जैसवालले ७४ चौका र २६ छक्का प्रहार गरेका छन् । जारी सिजनमा सर्वाधिक रन बनाउने दौडमा उनी दोस्रो स्थानमा छन् । उनीअघि रोयल च्यालेन्जर्स बैंगलोरका फाफ डु प्लेसिस रहेका छन् । डु प्लेसिसले ११ खेलमा ५७६ रन बनाएका छन् ।

आईपीएलको १००० औं खेलमा जैसवालले मुम्बई इन्डियन्सविरुद्ध १२४ रनको इनिङ खेलेका थिए । यो राजस्थानबाट खेल्दा आईपीएलमा कुनै पनि ब्याट्सम्यानले बनाएको सर्वाधिक रन हो । यसअघि बटलरले पनि १२४ रनको इनिङ खेलेका थिए ।

जैसवालको क्रिकेटर बन्ने र आईपीएल खेल्ने यात्रा पनि मन छुने खालको छ । मुम्बईको आजाद मैदानबाहिर गोलगाप्पा (पानीपुरी) बेचेर आइपिएलमा सेन्चुरियन बन्ने यशस्विको यात्रा रोमाञ्चक रह्यो । यशस्वी उत्तर प्रदेश भदोहीका निवासी हुन् । उनको बाल्यकाल चरम गरिबीमा बित्यो । ११ वर्षको उमेरमा यशस्वी क्रिकेटर बन्न मुम्बई पुगेका थिए । त्यहाँ उनको लागि सबै कुरा सजिलो थिएन । यशस्वीले मुम्बई जस्तो ठूलो सहरमा आफ्नो नाम कमाउनु पर्यो ।

मुम्बईमा कमाउनको लागि आजाद मैदानमा रामलीलाको समयमा गोलगाप्पा र फलफूल बेच्ने गर्थे । उनले धेरै पटक खाली पेट सुत्नुपरेको थियो । यशस्वी डेरीमा पनि काम गर्थे । त्यहाँ एक दिन उनलाई जागिरबाट निकालियो । यस क्रममा क्लबले यशस्वीलाई सहयोगको प्रस्ताव राखे पनि राम्रो खेले मात्रै टेन्टमा बस्ने शर्त राखिएको थियो । यशस्वी टेन्टमा रोटी बनाउँथे । त्यहाँ दिउँसो र राती खाना पाइन्थ्यो ।

यशस्वीले पैसा कमाउन बल खोज्ने काम पनि गरे । आजाद मैदानमा धेरैजसो बल हराउने गथ्र्यो । यशस्वीले हराएको बललाई खोजेर पैसा पाउँथे । एक दिन प्रशिक्षक ज्वाला सिंहले यशस्वीलाई देखे । यशस्वी जस्तै ज्वाला पनि उत्तर प्रदेशका हुन् । उनले यस बायाँ हाते ब्याट्सम्यानलाई हेरचाह गरे । यशस्वी सधैं ज्वाला सिंहको प्रशंसा गर्छन् । उनले एक पटक भने, ‘म उहाँको धर्मपुत्र हुँ । मलाई यो बिन्दुमा पुर्याउन उहाँको महत्वपूर्ण भूमिका छ ।’

यशस्वीले १७ वर्षको उमेरमा युथ ओडिआईमा दोहोरो शतक बनाएर घरेलु क्रिकेटमा आतंक मच्चाएका थिए । उनले सन् २०२० को अन्डर १९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यशस्वीले एक शतक र चार अर्धशतक बनाएका थिए । उनले ६ खेलको ६ इनिङ्समा ४ सय रन बनाएका थिए । उनको औसत १३३.३३ थियो । यशस्वीले यू–१९ विश्वकपमा म्यान अफ द टुर्नामेन्टको अवार्ड पाएका थिए । उनको चारैतिर प्रशंसा भयो ।

यशस्वीलाई आईपीएल २०२० को लिलामीमा राजस्थान रोयल्सले २.४ करोड भारुमा किनेको थियो । उनले सन् २०२० मा राजस्थानका लागि तीन खेलमा ४० रन बनाएका थिए । यसपछि २०२१ मा उनले १० खेलमा २४९ रन बनाए । यशस्वीलाई २०२२ को लिलामी अघि राजस्थानले राखेको थियो । उनी टोलीबाट बाहिरिएका छैनन् । युवा खेलाडीका लागि यो ठूलो कुरा थियो । राजस्थानले उनलाई विश्वास दिलायो । उनलाई ४ करोडमा राखिएको थियो । उनले २०२२ को आईपीएलमा १० खेलमा २५८ रन बनाएका थिए ।

यो सिजन सुरुदेखि नै उत्कृष्ट लयमा रहेका उनी घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि आइपिएलमा पनि शतक बनाएका छन् । उनलाई देशको भविष्यका रुपमा हेरिएको छ र आगामी दिनमा उनलाई टिम इन्डियामा पनि समावेश भएको देख्न सकिनेछ ।