• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

कुनै फिल्मी कथा भन्दा फरक छैन पानीपुरी बेच्ने यशस्वीको आईपीएल यात्रा



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को ५६ औँ खेलमा राजस्थान रोयल्सले यशस्वी जैसवालको विस्फोटक इनिङ्सको मद्दतमा कोलकाता नाइट राइडर्सलाई ९ विकेटले पराजित गरेको छ ।

बिहीबार इडेन गार्डेन स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । जवाफमा जैसवालले ४७ बलमा ९८ रनको नटआउट इनिङ खेल्दै आरआरलाई १३.१ ओभरमै (४१ बल बाँकी छँदै) जित दिलाए ।

जैसवाल जारी सिजनमा उत्कृष्ट लयमा छन् । हालसम्म १२ खेल खेलेका उनले ५७५ रन बनाइसकेका छन् । उनको स्ट्राइक रेट १६७.१५ रहेको छ । जैसवालले ७४ चौका र २६ छक्का प्रहार गरेका छन् । जारी सिजनमा सर्वाधिक रन बनाउने दौडमा उनी दोस्रो स्थानमा छन् । उनीअघि रोयल च्यालेन्जर्स बैंगलोरका फाफ डु प्लेसिस रहेका छन् । डु प्लेसिसले ११ खेलमा ५७६ रन बनाएका छन् ।

आईपीएलको १००० औं खेलमा जैसवालले मुम्बई इन्डियन्सविरुद्ध १२४ रनको इनिङ खेलेका थिए । यो राजस्थानबाट खेल्दा आईपीएलमा कुनै पनि ब्याट्सम्यानले बनाएको सर्वाधिक रन हो । यसअघि बटलरले पनि १२४ रनको इनिङ खेलेका थिए ।

जैसवालको क्रिकेटर बन्ने र आईपीएल खेल्ने यात्रा पनि मन छुने खालको छ । मुम्बईको आजाद मैदानबाहिर गोलगाप्पा (पानीपुरी) बेचेर आइपिएलमा सेन्चुरियन बन्ने यशस्विको यात्रा रोमाञ्चक रह्यो । यशस्वी उत्तर प्रदेश भदोहीका निवासी हुन् । उनको बाल्यकाल चरम गरिबीमा बित्यो । ११ वर्षको उमेरमा यशस्वी क्रिकेटर बन्न मुम्बई पुगेका थिए । त्यहाँ उनको लागि सबै कुरा सजिलो थिएन । यशस्वीले मुम्बई जस्तो ठूलो सहरमा आफ्नो नाम कमाउनु पर्यो ।

मुम्बईमा कमाउनको लागि आजाद मैदानमा रामलीलाको समयमा गोलगाप्पा र फलफूल बेच्ने गर्थे । उनले धेरै पटक खाली पेट सुत्नुपरेको थियो । यशस्वी डेरीमा पनि काम गर्थे । त्यहाँ एक दिन उनलाई जागिरबाट निकालियो । यस क्रममा क्लबले यशस्वीलाई सहयोगको प्रस्ताव राखे पनि राम्रो खेले मात्रै टेन्टमा बस्ने शर्त राखिएको थियो । यशस्वी टेन्टमा रोटी बनाउँथे । त्यहाँ दिउँसो र राती खाना पाइन्थ्यो ।

यशस्वीले पैसा कमाउन बल खोज्ने काम पनि गरे । आजाद मैदानमा धेरैजसो बल हराउने गथ्र्यो । यशस्वीले हराएको बललाई खोजेर पैसा पाउँथे । एक दिन प्रशिक्षक ज्वाला सिंहले यशस्वीलाई देखे । यशस्वी जस्तै ज्वाला पनि उत्तर प्रदेशका हुन् । उनले यस बायाँ हाते ब्याट्सम्यानलाई हेरचाह गरे । यशस्वी सधैं ज्वाला सिंहको प्रशंसा गर्छन् । उनले एक पटक भने, ‘म उहाँको धर्मपुत्र हुँ । मलाई यो बिन्दुमा पुर्याउन उहाँको महत्वपूर्ण भूमिका छ ।’

यशस्वीले १७ वर्षको उमेरमा युथ ओडिआईमा दोहोरो शतक बनाएर घरेलु क्रिकेटमा आतंक मच्चाएका थिए । उनले सन् २०२० को अन्डर १९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यशस्वीले एक शतक र चार अर्धशतक बनाएका थिए । उनले ६ खेलको ६ इनिङ्समा ४ सय रन बनाएका थिए । उनको औसत १३३.३३ थियो । यशस्वीले यू–१९ विश्वकपमा म्यान अफ द टुर्नामेन्टको अवार्ड पाएका थिए । उनको चारैतिर प्रशंसा भयो ।

यशस्वीलाई आईपीएल २०२० को लिलामीमा राजस्थान रोयल्सले २.४ करोड भारुमा किनेको थियो । उनले सन् २०२० मा राजस्थानका लागि तीन खेलमा ४० रन बनाएका थिए । यसपछि २०२१ मा उनले १० खेलमा २४९ रन बनाए । यशस्वीलाई २०२२ को लिलामी अघि राजस्थानले राखेको थियो । उनी टोलीबाट बाहिरिएका छैनन् । युवा खेलाडीका लागि यो ठूलो कुरा थियो । राजस्थानले उनलाई विश्वास दिलायो । उनलाई ४ करोडमा राखिएको थियो । उनले २०२२ को आईपीएलमा १० खेलमा २५८ रन बनाएका थिए ।

यो सिजन सुरुदेखि नै उत्कृष्ट लयमा रहेका उनी घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि आइपिएलमा पनि शतक बनाएका छन् । उनलाई देशको भविष्यका रुपमा हेरिएको छ र आगामी दिनमा उनलाई टिम इन्डियामा पनि समावेश भएको देख्न सकिनेछ ।