२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीएण्डसीले मेडिकल कलेजको सम्बन्धन पाउने



अ+ अ-

काठमाडौं । चिकित्सा शिक्षा आयोगले  बीएन्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले झापास्थित बीएन्डसी मेडिकल कलेजलाई ऐनको दफा १३ (६) बमोजिम सम्बन्धन दिने सैद्धान्तिक सहमति भएको हो । 

काठमाडौं उपत्यका बाहिरको शिक्षण संस्थाका हकमा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ (६) मा ऐन जारी हुनुभन्दा अघि मनसाय पत्र लिई मापदण्ड पूरा गरेका निर्णय गरे बमोजिम हुने व्यवस्था उल्लेख छ । आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्ने छैन भन्ने उल्लेख छ ।

 बिएन्डसीले २०७२ मा नै मनसाय पत्र लिई काठमाडौं विश्वविद्यालयमा सम्बन्धनका लागि निवेदन दिएको स्रोतको दावी छ ।