५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः पहिलोपटक मुम्बईमा गुजरातलाई निम्तो, पूराना साथी एक–अर्काविरुद्ध भिड्दै



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत लिग चरणको ५७ औं खेल आज मुम्बई इन्डियन्स (एमआई) र गुजरात टाइटन्स (जीटी)बीच हुँदैछ ।

खेल मुम्बईको वानखेडे स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ । यस मैदानमा दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।

सन् २०१५ देखि २०२१ सम्म ६ वर्ष एउटै टिमबाट खेलेका हार्दिक पाण्ड्या र रोहित शर्मा आज छुट्टाछुटै टिमको कप्तानी सम्हाल्दैछन् । रोहितले मुम्बईको कप्तानी सम्हाल्दा हार्दिकले गुजरातको कप्तानी गर्दैछन् । हार्दिकको कप्तानीमा गुजरातले पहिलो सिजनमै उपाधि जितेको थियो । गुजरातको यो दोस्रो सिजन हो ।

दुवै टोली सिजनमा दोस्रो पटक भिड्नेछन् । यसअघि दुवै टोली लिग चरणको ३५औं खेलमा पनि आमनेसामने भएका थिए । जसमा गुजरात ५५ रनले विजयी भएको थियो ।

मुम्बईले यो सिजन अहिलेसम्म खेलेका ११ खेलमध्ये ६ मा जित र ५ मा हार बेहोरेको छ । टोलीको १२ अंक छ । गुजरातविरुद्धको टोलीका ४ विदेशी खेलाडी क्यामरुन ग्रीन, टिम डेभिड, क्रिस जोर्डन र जेसन बेहरेनडर्फ हुन सक्छन् । यी बाहेक पियुष चावला, इशान किशन र सूर्यकुमार यादवजस्ता खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

गुजरातले यो सिजन अहिलेसम्म खेलेका ११ खेलमध्ये ८ जित र ३ खेलमा हार बेहोरेको छ । टोलीको १६ अंक छ । मुम्बईविरुद्धको टोलीका ४ विदेशी खेलाडी डेभिड मिलर, राशिद खान, नूर अहमद र अल्जारी जोसेफ हुन सक्छन् । यी बाहेक मोहम्मद शामी, शुभमन गिल र मोहित शर्मा जस्ता खेलाडीले बलियो प्रदर्शन गरिरहेका छन् ।

मुम्बई र गुजरातबीचको समग्र हेड–टू–हेडको बारेमा कुरा गर्दा, दुबै टोली दुई पटक आमनेसामने भएका छन् । जसमा मुम्बईले एक र गुजरातले एक जित हात पारेको छ ।

वानखेडे रंगशालाको पिच ब्याट्सम्यानका लागि सहयोगी सावित भएको छ । बलरहरूले यस मैदानमा रन रोक्न निकै संघर्ष गर्नुपरेको छ । आजको दिन मुम्बईको मौसम निकै तातो हुने भएको छ । शुक्रबार मुम्बईको तापक्रम २९ डिग्री सेल्सियसको आसपास हुनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
मुम्बई इन्डियन्सः रोहित शर्मा (कप्तान), इशान किशन, क्यामरन ग्रीन, सूर्यकुमार यादव, टिम डेभिड, नेहल वढेरा, क्रिस जोर्डन, पियुष चावला, आकाश मधवाल, कुमार कार्तिकेय र जेसन बेहरेन्डर्फ ।

गुजरात टाइटन्सः हार्दिक पाण्ड्या (कप्तान), ऋद्धिमान साहा, शुभमन गिल, विजय शंकर, डेभिड मिलर, अभिनव मनोहर, राहुल तेवाटिया, राशिद खान, नूर अहमद, मोहम्मद शामी र मोहित शर्मा ।