३१ भाद्र २०८३, बुधबार
,
Latest
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिलिपिन्समा पोलियो उन्मुलन भएको घोषणा



अ+ अ-

मनिला । विश्व स्वास्थ्य संगठन र राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले फिलिपिन्समा पोलियो उन्मुलन भएको घोषणा गरेका छन् । झण्डै दुई वर्ष पहिले निकै संक्रामक यो रोग फिलिपिन्समा पुनः देखा परेपछि देशव्यापी पोलियो उन्मुलन अभियान चलाइएको थियो ।

दुबै राष्ट्रसंघीय संस्थाले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा फिलिपिन्सको स्वास्थ्य सेवा विभागले यस वर्षको जुन ३ देखि पोलियो रोकथाम अभियान औपचारिक रुपमा स्थगित गरेको जनाएका छन् । 

वक्तव्यमा भनिएको छ, “विगत १६ महिनाको अवधिमा कुनै पनि बच्चामा अथवा वातावरणमा भाइरसका अवशेष नभेटिएपछि यस्तो निर्णय गरिएको हो ।”

खोप र निगरानीका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिएपछि पोलियोका नयाँ बिरामी देखा नपरेको पनि वक्तव्यमा उल्लेख छ ।

त्यसयता फिलिपिन्स सरकार सहित विश्व स्वास्थ्य संगठन, युनिसेफ र अरु साझेदारहरुले भाइरस प्रसार रोक्न राष्ट्रपति पोलियो अभियान सञ्चालन गरेका थिए । 

कोभिड–१९ का कारण ठूलो संकट आए पनि फिलिपिन्सको स्वास्थ्य सेवा विभागले पोलियो खोप अभियान सफलतापूर्वक सम्पन्न गरेको थियो ।

खासगरी, युनिसेफ र विश्व स्वास्थ्य संगठन दुबैले पोलियो रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य कार्यकर्ताको परिचालन र तालिमका लागि स्वास्थ्य सेवा विभागले लिएको अग्रसरताका लागि धन्यवाद पनि दिएका छन् । 

युनिसेफले फिलिपिन्सको स्वास्थ्य सेवा विभागका लागि खोप खरिद र ढुवानी, खोप निर्देशिका निर्माण, सामाजिक परिचालन समेतका विषयमा सहयोग गरेको थियो ।

पोलियो निकै संक्रामक र घातक रोग हो र यसलाई खोप लगाएर ठिक गर्न सकिन्छ । पाँच वर्षभन्दा कम उमेरका बालबालिका मुख्यरुपमा जोखिममा रहन्छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वका दुई मुलुक अफगानिस्तान र पाकिस्तानमा यो रोग अझै व्याप्त छ ।