९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

यशस्वी र सामसनले १३ ओभरमै सकाइदिए खेल, कोलकाता ९ विकेटले पराजित

यशस्वी र सामसनले १३ ओभरमै सकाइदिए खेल, कोलकाता ९ विकेटले पराजित
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को ५६ औँ खेलमा राजस्थान रोयल्सले यशस्वी जैसवालको विस्फोटक इनिङ्सको मद्दतमा कोलकाता नाइट राइडर्सलाई ९ विकेटले पराजित गरेको छ ।

बिहीबार इडेन गार्डेन स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

जवाफमा जैसवालले ४७ बलमा ९८ रनको नटआउट इनिङ खेल्दै आरआरलाई १३.१ ओभरमै (४१ बल बाँकी छँदै) जित दिलाए ।

सञ्जु सामसन २९ बलमा ४८ रन बनाएर नटआउट रहे । सामसन र जैसवालले १२१ रनको अविजित साझेदारी गर्दै १३.१ ओभरमा टिमलाई जित दिलाए । यो जितसँगै राजस्थान रोयल्स अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यता, कोलकाताको भने प्लेअफमा पुग्न कठिनाइ बढेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताको सुरुवात खराब रह्यो । उसलाई ट्रेन्ट बोल्टले शुरुवाती ओभरमा २ झट्का दिए र दुबै ओपनरका विकेट लिए । टोलीले पहिलो ६ ओभरमा ३७ रन मात्र जोड्न सक्यो । मध्य ओभरमा राजस्थानका युजभेन्द्र चहलले केकेआरका ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन् । उनले ४ विकेट लिए भने कोलकाताले २० ओभरमा १४९ रन मात्र जोड्न सकेको थियो ।

कोलकाताका लागि वेंकटेश अय्यरले ५७ रन बनाए । उनी बाहेक अरु कुनै ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् । टिमका तर्फबाट जेसन रोयले १०, रहमानउल्लाह गुरबाजले १८, नितिश राणाले २२, आन्द्रे रसेलले १०, रिंकु सिंहले १६, शार्दुल ठाकुरले १ र सुनिल नारायणले ६ रन बनाए । अनुकुल रोय ६ रनमा नटआउट रहे । राजस्थानका युजभेन्द्र चहलले ४ विकेट लिए । उनीबाहेक ट्रेन्ट बोल्टले २ तथा सन्दीप शर्मा र केएम आसिफले १–१ विकेट लिए ।

कोलकाताविरुद्ध ४ विकेट लिएर युजभेन्द्र चहल आईपीएल इतिहासमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । उनले १४३ खेलमा १८७ विकेट लिएका छन् । चहलपछि वेस्ट इन्डिजका ड्वेन ब्राभो १८३ विकेट लिएर दोस्रो स्थानमा छन् । चहल यो सिजनको सर्वाधिक विकेट लिने खेलाडीको अग्रपंक्तिमा छन् । उनले १२ खेलमा २१ विकेट लिइसकेका छन् ।

१५० रनको लक्ष्य पछ्याएको राजस्थानले यशस्वी जैसवालले धमाकेदार सुरुवात गरेको थियो । इनिङ्सको पहिलो २ बलमा २ छक्का प्रहार गरेपछि उनले पहिलो ओभरमा २६ रन बनाए । उनले दोस्रो र तेस्रो ओभरमा पनि ठूला प्रहार गरे र १३ बलमा आफ्नो अर्धशतक पूरा गरे । यशस्वी ४७ बलमा ९८ रन बनाएर नटआउट रहे ।

यो आईपीएल इतिहासमा सबैभन्दा छिटो अर्धशतक हो । यसअघि यो कीर्तिमान केएल राहुल र प्याट कमिन्सको नाममा थियो । राहुलले २०१८ मा अर्धशतक र २०२२ मा कमिन्सले १४ बलमा अर्धशतक पूरा गरेका थिए ।