६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोपबहादुर रायमाझी सम्पर्कमा छैनन् – एमाले



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि टोपबहादुर रायमाझी पार्टीको सम्पर्कमा नरहेको बताएको छ ।

आजदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकपछि एमाले प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सम्पर्कविहीन भएपछि पार्टीले निलम्बन गरेको प्रस्ट पारे ।

उनले भने, ‘उहाँ जुन दिनदेखि सम्पर्कमा रहनुभएन, त्यस दिनदेखि हामीलाई उहाँबारे थाहा छैन । प्रहरीलाई थाहा भएको भए समातेर ल्याउँथ्यो होला ।’

अनुसन्धानमा सघाउन पार्टीले निर्देशन दिइसकेको भएपनि अहिलेसम्म कुनै सम्पर्कमा नआएको गुरुङको दाबी छ ।

उनले भने, ‘हामीमा निलम्बन फुकुवा गर्न पाइयोस् विश्वास र आशा छ । तर, उहाँ आजसम्म सम्पर्कमा आउनुभएको छैन ।’