१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारमा संलग्न सबैलाई पक्राउ गर्न मागसहित सडकमा उत्रियो एस निकट विद्यार्थी संगठन – फोटोफिचर



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी संगठनहरुले भ्रष्टाचारीहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

बिहीवार पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले माईतीघर मण्डलामा जम्मा भइ भ्रष्टाचारीलाई कानूनी कठघरामा ल्याउन माग गर्र्दै प्रदर्शन गरेको हो । उनीहरुले भूटानी शरणार्थी प्रकरणमा मुछिएकाहरु सबै व्यक्तिलाई छिटो भन्दा छिटो अनुसन्धान गरी कानूनी दायरामा ल्याउनुपर्ने बताएका छन् । प्रदर्शनका क्रममा बोल्दै पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई छिटो भन्दा छिटो पक्राउ गरी कानूनी दायरामा ल्याउन माग गर्नुभयो । उहाँले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलार्य पक्राउ गर्नु सरकारको राम्रो काम भएको भन्दै अन्य संलग्न व्यक्तिहरुको अनुसन्धान र कारबाही अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले नेकपा एमाले सचिव टोपबहादुर रायमाझीलाई पनि कानूनी कठघरामा ल्याउन ढिलो गर्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले शरणार्थी समस्याको समाधान गर्न आयोग बनाउने कोशिष गरिएको रहेछ, त्यसमा भित्रै रहेर भ्रष्टाचार गर्ने नक्कली शरणार्थी खडा गरेर करोडौं भ्रष्टाचरा गर्नेहरुको बिरुद्धमा हामी प्रदर्शनमा उत्रिएका छौँ । यसमा सहभागीहरुलाई पक्राउ गरिरहेको छ, सरकारले यो राम्रो काम हो, पूर्व गृहमन्त्री पक्राउ पर्नुभएको छ, त्यो राम्रो हो, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पनि पक्राउ गर्नुपर्छ । छिटो भन्दा छिटो कानूनी कठघरामा ल्याउनुपर्छ र बाँकी सहभागीहरुलाई पनि तत्काल कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

अध्यक्ष पराजुलीले अहिलेको सरकारले सुशासनका पक्षमा चलाएको अभियान स्वागतयोग्य रहेको बताउनु भयो ।