१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड नवरात्रमा पनि सुनसान पाथीभरा उपभोक्ताको गुनासो: ‘महँगो दशैँ, हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ’ बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर परराष्ट्रमन्त्री राणा दोहामा द्विपक्षीय भेटवार्तामा व्यस्त, आज स्वदेश फर्कंदै सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु राप्रपामा विभागीय प्रमुख हेरफेरप्रति लोहनीको आपत्ति पूर्वराजा ज्ञानेन्द्रले शुभेच्छुकलाई निर्मल निवासमा दशैंको टीका लगाइदिने पूर्वराजा ज्ञानेन्द्र यसकारण गएका थिए भुटान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारमा संलग्न सबैलाई पक्राउ गर्न मागसहित सडकमा उत्रियो एस निकट विद्यार्थी संगठन – फोटोफिचर



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी संगठनहरुले भ्रष्टाचारीहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

बिहीवार पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले माईतीघर मण्डलामा जम्मा भइ भ्रष्टाचारीलाई कानूनी कठघरामा ल्याउन माग गर्र्दै प्रदर्शन गरेको हो । उनीहरुले भूटानी शरणार्थी प्रकरणमा मुछिएकाहरु सबै व्यक्तिलाई छिटो भन्दा छिटो अनुसन्धान गरी कानूनी दायरामा ल्याउनुपर्ने बताएका छन् । प्रदर्शनका क्रममा बोल्दै पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई छिटो भन्दा छिटो पक्राउ गरी कानूनी दायरामा ल्याउन माग गर्नुभयो । उहाँले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलार्य पक्राउ गर्नु सरकारको राम्रो काम भएको भन्दै अन्य संलग्न व्यक्तिहरुको अनुसन्धान र कारबाही अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले नेकपा एमाले सचिव टोपबहादुर रायमाझीलाई पनि कानूनी कठघरामा ल्याउन ढिलो गर्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले शरणार्थी समस्याको समाधान गर्न आयोग बनाउने कोशिष गरिएको रहेछ, त्यसमा भित्रै रहेर भ्रष्टाचार गर्ने नक्कली शरणार्थी खडा गरेर करोडौं भ्रष्टाचरा गर्नेहरुको बिरुद्धमा हामी प्रदर्शनमा उत्रिएका छौँ । यसमा सहभागीहरुलाई पक्राउ गरिरहेको छ, सरकारले यो राम्रो काम हो, पूर्व गृहमन्त्री पक्राउ पर्नुभएको छ, त्यो राम्रो हो, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पनि पक्राउ गर्नुपर्छ । छिटो भन्दा छिटो कानूनी कठघरामा ल्याउनुपर्छ र बाँकी सहभागीहरुलाई पनि तत्काल कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

अध्यक्ष पराजुलीले अहिलेको सरकारले सुशासनका पक्षमा चलाएको अभियान स्वागतयोग्य रहेको बताउनु भयो ।