३१ भाद्र २०८३, बुधबार
,
Latest
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सांसद बैद्यको अभिब्यक्ति प्रति नेपाल पक्षका नेता मेटमणी चौधरीको समर्थन



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिनु भएका  नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य नरोत्तम वैद्यको पक्षमा एमाले नेता नै देखिएका छन्  । आपत्तिजनक अभिब्यक्ति दिएको भन्दै नेपाली काग्रेसले नै वैद्यको अभिब्यक्ति आपत्तिजनक रहेको भन्दै माफि माग्न निर्देशन दिएको बेला माधब नेपाल पक्षका नेता मेटमणी चौधरीले  वैद्यको अभिब्यक्ति ठिक भएको भन्दै बचाउ गर्नु भएको छ ।

 सामाजिक संञ्जालमा चौधरीले लेख्नुभएको छ – माननिय नरोत्तमको अभिब्यक्ति सबैलाई अप्रिय लाग्यो तर सत्य पनि हो । नेपाली मनोबिज्ञानलाई बाग्मति प्रदेशको रोष्टमबाट बोलिएको बिषयमा धेरैले आलोचना गरिरहे पनि  तितो सत्य उजागर गर्नु भएकोमा धन्यवाद भन्न चाहन्छु । यसैले वहाँले न माफि माग्नु पर्दछ न त पश्चाताप ! बरू हामि शासक भनिनेहरू नै प्रणालि ध्वस्त गर्ने बिषयमा ख्याल गरौ, संविधान मिचेकोमा पश्चाताप गरौ । अदालतले बेठिक ठहर गरेको बिषयमा सार्वजनिक रूपमा जनताहरूसँग माफि मागौ र आगमि दिनमा गल्ति नगर्ने बिषयमा प्रतिबद्दता जाहेर गरौ । अत अब जनताहरूका मनोबिज्ञान बुझौ, सो अनुसारको व्यवहार र आचरण देखाऔ । जनताहरूका मन जितौ, गुमेको साख उठाऔ । कसैसँग बदलाको भाव नराखौ । यसैमा हामी सबैको कल्याण हुन्छ I

बागमति प्रदेससभाको शुक्रबारको बैठकमा कांग्रेस सांसद बैद्यले भन्नुभएको थियो  ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि ।’‘कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि । 

नाथुराम गोड्सेले भारतमा महात्मा गान्धीको गोली प्रहार गरी हत्या  गरेका थिए ।