काठमाडौं । काठमाडौंको बसुन्धारा सडकमा स्कुटर आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार राति बा ३४ प १७५२ नम्बरको स्कुटर बिजुलीको पोलमा ठोकिएर दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं मनमैजु बस्ने चितवन भरतपुर महानगरपालिका २२ घर भएका ३३ वर्षीय रोहन त्रिपाठीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो ।











