२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसुन्धारामा स्कुटर बिजुलीको पोलमा ठक्कर खाँदा चालकको मृत्यु



अ+ अ-

काठमाडौं । काठमाडौंको बसुन्धारा सडकमा स्कुटर आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । 

शुक्रबार राति बा ३४ प १७५२ नम्बरको स्कुटर बिजुलीको पोलमा ठोकिएर दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं मनमैजु बस्ने चितवन भरतपुर महानगरपालिका २२ घर भएका ३३ वर्षीय रोहन त्रिपाठीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो ।