• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo

बालकृष्ण खाँण पक्राउ परेपछि देउवाले पदाधिकारी बैठक डाके



फाईल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकको लागि अव्हान गरेका छन् ।

आज अपरान्ह ५ बजे देउवा निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाइएको हो ।

समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका आन्तरिक विषयबारे छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको बताइएको छ।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई आज प्रहरीले पक्राउ गरेको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप गरिएको छ । पदाधिकारी बैठक यी विषयमा छलफल हुने देखिन्छ ।