२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलामी गएका युवकहरु नदीमा डुबेर बेपत्ता



अ+ अ-

धादिङ । जिल्लाको ज्वालामुखी मैदी ठुलो चउरका ३ युवाहरु नदीमा डुबेर बेपत्ता भएका छन् । 

मलामी गएका २२ वर्षिय सुवास नेपाली, २२ वर्षिय दिनेश नेपाली र १९ वर्षिय सन्तोष नेपाली बुढीगण्डकी नदिमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् । 

नीजका आफन्तहरुले बुढीगण्डकीको दर्बुङघाटदेखी मुङ्लिनसम्मको क्षेत्रको नदी किनारमा हेरिदिन त्यहाँका स्थानीयलाई अनुरोध गरेका छन् । ती युवाहरु बेपत्ता भएपछि गाउँ नै शोकमा डुबेको छ ।