• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

सिंहदरबारमा शीर्ष बैठक जारी: ओली निस्किए, पूर्णबहादुर भित्रिए



file

काठमाडौं । सिंहदरबारमा शीर्ष दलका नेताहरूबीच भेट जारी छ । बैठकबाट एमाले अध्यक्ष केपी शर्मा ओली भने बाहिरिएका छन् । ओली बाहिरिएपछि उपप्रधानमन्त्री पूर्णबहादुर खड्का प्रवेश गरेका छन् ।

बैठकमा प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री नारायणकाजी पनि रहेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा हाई प्रोफाइल मुछिएर केहीलाई नियन्त्रणमा लिइसकेको परिप्रेक्षमा दलका शीर्ष नेताहरुबीचको छलफलमा चासोका रूपमा हेरिएको छ ।

आजै मात्रै कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पूर्जी जारी भएपछि फरार छन् । रायमाझीलाई एमालेले निलम्बन गरिसकेको छ ।