२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीको मुख्यमन्त्रीमा गुरुङबाट पनि दावी पेश



अ+ अ-

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का पृथ्वीसुब्बा गुरुङले पनि दावी गरेका छन् । 

उनले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनसहित  प्रदेश प्रमुख सीता पौडेलले दिएको २४ घण्टाको समय सकिनु केही समय अगाडि मुख्यमन्त्रीमा दावी गरेका हुन् ।

गुरुङले राजमोका कृष्ण थापा र जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष गणेशमान गुरुङको समर्थनपत्र लिएर दावी गरेका हुन् । जसपा गण्डकी प्रदेशले दुई सांसदलाई अनुशासन उल्लंघनमा कारवाही गरेको पत्र समेत पेश गरेको बुझिएको छ ।