२८ मंसिर २०८२, आईतवार
,
Latest
एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्ताव लगिने बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’ पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुसन्धानमा सहयोग गर्न संसद्बाटै एमालेको टोपबहादुरलाई आग्रह



अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमाथिको अनुसन्धालाई सघाउन नेकपा (एमाले) ले पार्टी सचिव टोपबहादुर रायमाझीलाई आग्रह गरेको छ ।

उक्त प्रकरणमा पक्राउ पुर्जी जारी भई हाल फरार रहेका पूर्वमन्त्रीसमेत रहेका पार्टी सचिव रायमाझीलाई प्रहरीले गरेको अनुसन्धानमा सहयोग गर्न प्रतिनिधिसभाको बैठकमाथि आग्रह गरेको हो ।

बुधबार प्रतिनिधिसभाको बैठकमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नो पार्टीले रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको जानकारी गराउनुभयो ।

“विधिको शासनमाथि विश्वास गर्ने पार्टीको हैसियतले विधिपूर्वक, कानुनपूर्वक भइरहेको अनुसन्धान र छानबिनमा हाम्रो पार्टीका माननीय टोपबहादुर रायमाझीलाई हामीले हिजो निर्देशन गरेका छौँ, तपाईं यो अनुसन्धान र छानबिनमा सहयोग गर्न लाग्नुस्, सहयोग गर्नुस्”, उहाँले भन्नुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेपछि जिल्ला अदालत काठमाडौँले रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ तर उहाँ फरार हुनुहुन्छ ।

उपमहासचिव गुरुङले भ्रष्टाचारका मुद्दाहरुको अनुसन्धान गर्ने सरकारको कार्यमा आफ्नो पार्टीको समर्थन रहने बताउनुभयो ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार तलमाथि दायाबायाँ नगरीकन अनुसन्धानमा लाग्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “दोषीहरु कोही नछुटुन्, निर्दोष व्यक्ति कोही पनि नपरुन् भन्ने अभियानका साथ लागोस्, नेकपा एमाले यो सरकारको काममा सहयोग र समर्थन गर्छ ।”