• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

आईपीएल आजः दिल्लीमाथि दबाब, चेन्नईलाई चुनौती



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत लिग चरणको ५५ औँ खेल आज दिल्ली क्यापिटल्स (डीसी) र चेन्नई सुपर किंग्स (सीएसके)बीच हुँदैछ । खेल चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपौक)मा साँझ ७ः४५ बजे सुरु हुनेछ ।

चेन्नई १३ अंकका साथ दोस्रो स्थानमा छ भने दिल्ली ८ अंकसहित अंक तालिकाको १० औं स्थानमा छ ।

यदि आजको खेल राम्रो रन रेटका साथ जित्यो भने दिल्लीको टोली १० औं बाट चौथो नम्बरमा पुग्न सक्छ । अर्कोतर्फ चेन्नईले खेल जितेर दोस्रो स्थानमा रहेको आफ्नो स्थिति बलियो बनाउन सक्छ ।

टोलीले यो सिजन पहिलो पटक दिल्लीसँग खेल्नेछ । यदि चेन्नईले दिल्लीविविरुद्ध जित हासिल गर्यो भने, टोली १५ अंकको साथ प्लेअफ छनोटको नजिक पुग्नेछ ।

डेभन कोनवे, मोइन अली, महिश तिक्षाना र मथिशा पथिराना दिल्लीविरुद्धको टोलीका ४ विदेशी खेलाडी हुन सक्छन् ।

अर्कोतर्फ दिल्ली क्यापिटल्स १० खेलमा ४ जित र ६ पराजयपछि ८ अंकसहित अंक तालिकाको अन्तिम स्थानमा छ । टोलीले ५ खेल हारेर लिग चरणको सुरुवात गरेपनि अन्तिम ५ खेलमा ४ खेलमा जित निकाल्दै उत्कृष्ट पुनरागमन गरेको थियो । आज चेन्नई विरुद्धको खेलमा ठूलो अन्तरले जित निकाल्दै टोली १० देखि चौथो स्थानमा पुग्न सक्छ ।

चेन्नईविरुद्धको टोलीका ४ विदेशी खेलाडी मिचेल मार्स, कप्तान डेभिड वार्नर, फिलिप साल्ट र एनरिच नोर्त्या हुन सक्छन् ।

आईपीएलमा दुवै टोलीको हेड टु हेड रेकर्ड हेर्दा यी दुईबीच अहिलेसम्म २७ खेल खेलिएका छन् । चेन्नईले १७ र दिल्लीले १० मा जित निकालेको छ । चेपौक रंगशालामा दिल्लीले २ खेल मात्र जितेको छ भने ६ खेलमा हार बेहोरेको छ ।

चेपौक रंगशालाको पिच सामान्यतया स्पिनमैत्री मानिन्छ तर प्रतियोगिताका ५ खेलमा मात्रै यहाँ ४ पटक २०० भन्दा बढी रन बनाइएको छ । यस्तो अवस्थामा आजको खेल हाई स्कोरिङ पनि हुनसक्छ ।

बुधबार चेन्नईमा पानी पर्ने छैन । दिन घमाइलो हुनेछ, रातको तापमान ३० देखि ३२ डिग्री सेल्सियसको बीचमा हुनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
चेन्नई सुपर किंग्सः महेन्द्र सिंह धोनी (कप्तान/विकेटकीपर), डेभोन कोनवे, ऋतुराज गायकवाड, अजिंक्य रहाणे, मोइन अली, शिवम दुबे, रविन्द्र जडेजा, महिश तिक्षाना, मथिशा पथिराना, तुषार देशपांडे र दीपक चाहर ।

दिल्ली क्यापिटल्सः डेभिड वार्नर (कप्तान), फिलिप साल्ट (विकेटकीपर), मिचेल मार्स, मनिष पाण्डे, सरफराज खान, रिपल पटेल, अमन खान, अक्षर पटेल, एनरिक नोर्त्या, इशान्त शर्मा र कुलदीप यादव ।