१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबाट खानेपानी र सरसफाई संरचनामा ९३ करोडको क्षतिः पुनर्निर्माण र अस्थायी आपूर्तिका लागि विभाग… भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल आजः दिल्लीमाथि दबाब, चेन्नईलाई चुनौती



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत लिग चरणको ५५ औँ खेल आज दिल्ली क्यापिटल्स (डीसी) र चेन्नई सुपर किंग्स (सीएसके)बीच हुँदैछ । खेल चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपौक)मा साँझ ७ः४५ बजे सुरु हुनेछ ।

चेन्नई १३ अंकका साथ दोस्रो स्थानमा छ भने दिल्ली ८ अंकसहित अंक तालिकाको १० औं स्थानमा छ ।

यदि आजको खेल राम्रो रन रेटका साथ जित्यो भने दिल्लीको टोली १० औं बाट चौथो नम्बरमा पुग्न सक्छ । अर्कोतर्फ चेन्नईले खेल जितेर दोस्रो स्थानमा रहेको आफ्नो स्थिति बलियो बनाउन सक्छ ।

टोलीले यो सिजन पहिलो पटक दिल्लीसँग खेल्नेछ । यदि चेन्नईले दिल्लीविविरुद्ध जित हासिल गर्यो भने, टोली १५ अंकको साथ प्लेअफ छनोटको नजिक पुग्नेछ ।

डेभन कोनवे, मोइन अली, महिश तिक्षाना र मथिशा पथिराना दिल्लीविरुद्धको टोलीका ४ विदेशी खेलाडी हुन सक्छन् ।

अर्कोतर्फ दिल्ली क्यापिटल्स १० खेलमा ४ जित र ६ पराजयपछि ८ अंकसहित अंक तालिकाको अन्तिम स्थानमा छ । टोलीले ५ खेल हारेर लिग चरणको सुरुवात गरेपनि अन्तिम ५ खेलमा ४ खेलमा जित निकाल्दै उत्कृष्ट पुनरागमन गरेको थियो । आज चेन्नई विरुद्धको खेलमा ठूलो अन्तरले जित निकाल्दै टोली १० देखि चौथो स्थानमा पुग्न सक्छ ।

चेन्नईविरुद्धको टोलीका ४ विदेशी खेलाडी मिचेल मार्स, कप्तान डेभिड वार्नर, फिलिप साल्ट र एनरिच नोर्त्या हुन सक्छन् ।

आईपीएलमा दुवै टोलीको हेड टु हेड रेकर्ड हेर्दा यी दुईबीच अहिलेसम्म २७ खेल खेलिएका छन् । चेन्नईले १७ र दिल्लीले १० मा जित निकालेको छ । चेपौक रंगशालामा दिल्लीले २ खेल मात्र जितेको छ भने ६ खेलमा हार बेहोरेको छ ।

चेपौक रंगशालाको पिच सामान्यतया स्पिनमैत्री मानिन्छ तर प्रतियोगिताका ५ खेलमा मात्रै यहाँ ४ पटक २०० भन्दा बढी रन बनाइएको छ । यस्तो अवस्थामा आजको खेल हाई स्कोरिङ पनि हुनसक्छ ।

बुधबार चेन्नईमा पानी पर्ने छैन । दिन घमाइलो हुनेछ, रातको तापमान ३० देखि ३२ डिग्री सेल्सियसको बीचमा हुनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
चेन्नई सुपर किंग्सः महेन्द्र सिंह धोनी (कप्तान/विकेटकीपर), डेभोन कोनवे, ऋतुराज गायकवाड, अजिंक्य रहाणे, मोइन अली, शिवम दुबे, रविन्द्र जडेजा, महिश तिक्षाना, मथिशा पथिराना, तुषार देशपांडे र दीपक चाहर ।

दिल्ली क्यापिटल्सः डेभिड वार्नर (कप्तान), फिलिप साल्ट (विकेटकीपर), मिचेल मार्स, मनिष पाण्डे, सरफराज खान, रिपल पटेल, अमन खान, अक्षर पटेल, एनरिक नोर्त्या, इशान्त शर्मा र कुलदीप यादव ।




भर्खरै