११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday

27.27°C

काठमाडौं

27.27°C

Kathmandu

Feels-like: 26.55

Wind: 5.14

Humidity: 29

Latest
‘अधिकार संरक्षणका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्छ’ मधेस प्रिमियर लिगको उपाधि मिथिला वारियर्सलाई ‘गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक’ युवाले देश बनाउने सङ्कल्प गर्नुपर्दछ, सङ्कल्पलाई साकार पार्नुपर्दछ–प्रधानमन्त्री किएभमा रुसी क्षेप्यास्त्र हमलामा ९ जनाको मृत्यु, ६३ घाइते संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले डिल गरिरहेको छः गगन थापा राष्ट्र निर्माणको भविष्य युवाको काँधमा रहेको छ– महासचिव पोखरेल राष्ट्रियसभालाई निकास दिने थलोका रूपमा विकास गरिनुपर्छ: अध्यक्ष दाहाल समावेशिता र समानताको ग्यारेण्टि लोकतन्त्रमा मात्र सम्भव हुन्छः सभापति पोखरेल नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ–फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ महिनामा बजार महँगी पौने ८ प्रतिशत, २४.२ प्रतिशतले बढेर विप्रेषण ९ खर्ब भित्रियो



अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उपभोग्य बजार महँगी (मुद्रास्फीति) ७.७६ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चैतसम्मको मासिक विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत थियो ।

केन्द्रीय बैंकले समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशत रहेको जनाएको छ ।

चालु आवको नौ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेस्टुरेन्ट तथा होटेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १४.६८ प्रतिशत, मरमसलाको १४.६७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.७२ प्रतिशत, फलफूलको ११.०० प्रतिशत र सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशतले बढेको छ ।

केन्द्रीय बैंकको विवरणअनुसार गैर–खाद्य तथा सेवा समूह अन्तर्गत स्वास्थ्य उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ९.५४ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ८.७४ प्रतिशत र शिक्षाको ८.६७ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा काठमाडौँ उपत्यकामा ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ । विसं २०७८ चैतमा यी क्षेत्रहरूमा क्रमश: ६.२५ प्रतिशत, ७.६१ प्रतिशत, ७.७९ प्रतिशत र ८.२५ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

चालु आवको चैत महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ५.५९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १४.४२ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमश: ०.२१ प्रतिशत, ८.८८ प्रतिशत र ५.१८ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ६.१४ प्रतिशत रहेको छ ।

केन्द्रिय बैंकले प्रकाशित गरेका चैत्रसम्मको मासिक विवरण अनुसार नौ महिनामा रु ९ खर्ब ३ अर्ब ३९ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४.२ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई ३ लाख ८७ हजार ८३ पुगेको केन्द्रीय बैंकको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८२.९ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २८ प्रतिशतले वृद्धि भई ९ खर्ब ९६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो ।