२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीमा प्रदेश प्रमुखको कार्यालयबाहिर विपक्षी गठवन्धनको धर्ना



अ+ अ-

कास्की । नेपाली कांग्रेसको नेतृत्वमा गण्डकी प्रदेश प्रमुखको कार्यालय अगाडी विपक्षी गठवन्धनले धर्ना दिएको छ । 

प्रदेश मुख्यमन्त्रीका लागि पृथ्वीसुब्बा गुरुङले फेरि दावी पेश गरेसँगै सो समूह विरोधमा उत्रिएको हो ।

प्रदेश प्रमुख सीता पौडेलले गण्डकीमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन आज ३ बजेसम्मको समय दिएकी थिइन् । कांग्रेसका कृष्णचन्द्र पोखरेलले ३१ सांसदको हस्ताक्षरसहित हिजो दावी पेश गरेका थिए भने आज मुख्यमन्त्री गुरुङले पनि दावी गरेका छन् । 

३१ सांसदको भौतिक उपस्थितिसहित हस्ताक्षर बुझाउँदा पनि नियुक्ती नगरिएको भन्दै विपक्षी गठवन्धनले आपत्ति जनाएको छ ।