५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सहभागी हुने विश्वकप छनोट खेल्ने १० टिमको टुंगो लाग्यो



फाईल फोटो
अ+ अ-

काठमाडौँ । आगमी जुन जुलाईमा हुन एकदिवसीय विश्वकप छनोट खेल्ने १० टोलीको टुङ्गो लागेको छ । जिम्बावेमा हुने विश्वकप छनोटमा चार टेस्ट टिमले खेल्दैछन्। जहाँ नेपालले पनि प्रतिस्पर्धा गर्दैछ।

विश्वकप छनोटमा वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका र युएईले स्थान पक्का गरेका हुन् ।

सुपर लिगका पुछारका पाँच टोली, लिग २ का शीर्ष तीन र क्वालिफायर प्लेअफबाट शीर्ष दुई गरि कुल १० टोलीले छनोट खेल्नेछन् । सुपर लिगको पुछारमा रहँदै श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, नेदरल्यान्ड्स र आयरल्याण्ड विश्वकप छनोटमा पुगेका हुन् ।

यस्तै, लिग २ बाट स्कटल्यान्ड शीर्ष, ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए । क्वालिफायर प्लेअफबाट अमेरिका र युएईले स्थान पक्का गरेका हुन् ।

विश्वकप छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्सबाट शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

सुपर लिगमा शीर्ष आठमा रहँदै भारत, न्युजिल्यान्ड, अष्ट्रेलिया, इंग्ल्यान्ड, बंगलादेश, पाकिस्तान, अफगानिस्तान र दक्षिण अफ्रिका विश्वकपमा पुगेका हुन् ।




भर्खरै