९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

मुम्बईले ९९ बलमा २०० रनको लक्ष्य पछ्यायो, बैंगलोर स्तब्ध

मुम्बईले ९९ बलमा २०० रनको लक्ष्य पछ्यायो, बैंगलोर स्तब्ध
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को ५४ औं खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ६ विकेटको सहज जित दर्ता गरेको छ । टोलीले १६ दशमलव ३ ओभरमा २०० रनको लक्ष्य पूरा गरेको थियो । मुम्बईले आरसीबीविरुद्ध आफ्नो सबैभन्दा ठूलो रन पछ्यायो ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १९९ रन बनाएको थियो । जवाफमा मुम्बईले सूर्यकुमार यादवको ८३ रनको बलमा लक्ष्य पुरा गर्यो । वानखेडे स्टेडियममा बैंगलोरमाथि मुम्बईको यो लगातार चौथो जित हो । रोहित शर्माको कप्तानीमा रहेको टोली बैंगलोरसँग २०१५ यता यहाँ हारेको छैन ।

यो जितसँगै मुम्बई अंक तालिकाको आठौं नम्बरबाट पाँच स्थान माथि उक्लिएको छ । ११ खेलमा मुम्बईको यो छैटौं जित हो । टोलीको १२ अंक छ । सूर्यकुमारको विस्फोटक पारी (३५ बलमा ८३ रन) र नेहल वढेरासँगको शतकीय साझेदारीले मुम्बईलाई सहज जित दिलायो । बैंगलोरका कप्तान फाफ डु प्लेसिसले यो साझेदारीलाई समयमै तोड्न सकेनन् ।

यो साझेदारी टुटेपछि मुम्बई जितको नजिक पुगेको थियो । मुम्बईका लागि सूर्याअघि ओपनर इशान किशनले २१ बलमा ४२ रन बनाएर टोलीलाई उत्कृष्ट सुरुवात गराए । नेहलले ३४ बलमा ५२ रन बनाएर सूर्यलाई साथ दिए ।

बैंगलोरका लागि वानिन्दु हसरंगा र विजयकुमार वैशाखले समान २–२ विकेट लिए ।

बैंगलोरको ब्याटिङमा कप्तान फाफ डु प्लेसिसले ४१ बलमा ६५ र ग्लेन म्याक्सवेलले ३३ बलमा ६८ रन बनाए । दिनेश कार्तिकले १८ बलमा ३० रनको योगदान दिए । मुम्बईका लागि जेसन बेहरेनडोर्फले ३ विकेट लिए । क्यामरन ग्रीन, क्रिस जोर्डन र कुमार कार्तिकेयले एक–एक विकेट लिए ।