२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीमा मुख्यमन्त्री नेपालीबाट सपथ,राजीब गुरुङ्ग सहित चारमन्त्री विना विभागीय मन्त्री रुपमा नियुक्त



अ+ अ-

काठमाडौ  । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नेपालीलाई प्रदेश प्रमुखको कार्यलयमा   पद तथा गोपनियताको सपथ  गराउनुभएको  छ । मुख्यमन्त्री नेपाली सहित  ५ मन्त्रीले शपथ ग्रहण गर्नुभएको छ  ।

शपथ लिने मन्त्रीहरुमा  कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) रहनु भएको छ । चार जनालाई बिनाबिभागिय मन्त्रीका रुपमा सपथ गराईएको छ ।  गण्डकी प्रदेशको कांग्रेस संसदीय दलका नेता नेपाली बिहीबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।