२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको अर्थतन्त्र ठीक ठाउँमा ल्याउन प्रदेश खारेज गर्नुपर्छ– राजेन्द्र लिङ्देन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको अर्थतन्त्रलाई ठीक ठाउँमा ल्याउन प्रदेश खारेज गर्नुपर्ने बताउनुभएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथि मंगलबार प्रतिनिधिसिभामा धारणा राख्दै अध्यक्ष लिङ्देनले संघीयता सबैभन्दा अनपयुक्त क्षेत्र भएको बताउनुभयो ।

हिजो आन्दोलनको रापतापले संघीयता अहिले अनुत्पादक क्षेत्र बनेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अहिलेको प्रणालीमा हामीले संशोधन नगरेसम्म, यति ठूलो संख्याको जनप्रतिनिधिको संख्या कटौती नगरेसम्म, यो प्रदेश भन्ने खारेज नगरेसम्म हाम्रो अर्थतन्त्र ठीक ठाउँमा आउँदैन, अनुत्पादक क्षेत्र सबैभन्दा ठूलो यो क्षेत्र हो ।”

असल विचारका साथ संघीयता ल्याएको भए पनि अहिले सबैलाई यो ठीक भएन भन्ने लागेको अध्यष लिङदेनको भनाइ थियो । “त्यसकारण हामीले आँट गरौँ । हिजो हामीले सुविचारका साथ यो ल्यायौँ होला तर यो ठीक भएन भन्ने सबैको मनमा छ”, उहाँले भन्नुभयो ।