५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको अर्थतन्त्र ठीक ठाउँमा ल्याउन प्रदेश खारेज गर्नुपर्छ– राजेन्द्र लिङ्देन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको अर्थतन्त्रलाई ठीक ठाउँमा ल्याउन प्रदेश खारेज गर्नुपर्ने बताउनुभएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथि मंगलबार प्रतिनिधिसिभामा धारणा राख्दै अध्यक्ष लिङ्देनले संघीयता सबैभन्दा अनपयुक्त क्षेत्र भएको बताउनुभयो ।

हिजो आन्दोलनको रापतापले संघीयता अहिले अनुत्पादक क्षेत्र बनेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अहिलेको प्रणालीमा हामीले संशोधन नगरेसम्म, यति ठूलो संख्याको जनप्रतिनिधिको संख्या कटौती नगरेसम्म, यो प्रदेश भन्ने खारेज नगरेसम्म हाम्रो अर्थतन्त्र ठीक ठाउँमा आउँदैन, अनुत्पादक क्षेत्र सबैभन्दा ठूलो यो क्षेत्र हो ।”

असल विचारका साथ संघीयता ल्याएको भए पनि अहिले सबैलाई यो ठीक भएन भन्ने लागेको अध्यष लिङदेनको भनाइ थियो । “त्यसकारण हामीले आँट गरौँ । हिजो हामीले सुविचारका साथ यो ल्यायौँ होला तर यो ठीक भएन भन्ने सबैको मनमा छ”, उहाँले भन्नुभयो ।




भर्खरै