• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

आईपीएलमा आज रोहित शर्मा भर्सेस विराट कोहली



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लिग चरणको ५४ औं खेल मुम्बई इन्डियन्स (एमआई) र रोयल्स च्यालेन्जर्स बैंगलोर (आरसीबी)बीच हुँदैछ । खेल मुम्बईको वानखेडे स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ । मुम्बईका रोहित शर्मा र बैंगलोरका विराट कोहलीबीचको कडा टक्करका रुपमा पनि यस खेललाई हेरिएको छ ।

बैंगलोरको टोलीले यस मैदानमा मुम्बईसँग लगातार तीन खेलमा हार बेहोरेको छ । यस्तो अवस्थामा उसले यो खेलमा हारको क्रम तोड्ने प्रयास गर्नेछ । यस मैदानमा उसको अन्तिम जित सन् २०१५ मा भएको थियो । दुई टोलीबीच वानखेडेमा अहिलेसम्म जम्मा ८ खेल भइसकेका छन् । जसमध्ये मुम्बईले ५ जित हात पारेको छ । यस्तै, बैंगलोरले तीन खेल मात्रै जित्न सकेको छ ।

मुम्बईले यो सिजन अहिलेसम्म खेलेका १० खेलमध्ये ५ मा जित र ५ मा हार बेहोरेको छ । टोलीको १० अंक छ । बैंगलोरविरुद्धको टोलीका ४ विदेशी खेलाडीमा क्यामरन ग्रीन, ट्रिस्टन स्टब्स, टिम डेभिड र जोफ्रा आर्चर हुन सक्छन् । यी बाहेक सूर्यकुमार यादव, इशान किशन र पियुष चावलाजस्ता खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

बैंगलोरले यो सिजन अहिलेसम्म खेलेका १० खेलमध्ये ५ जित र ५ हारेको छ । टोलीको १० अंक छ । फाफ डु प्लेसिस, ग्लेन म्याक्सवेल, भानिन्दु हसरंगा र जोस हेजलवुड मुम्बईविरुद्धको टोलीका ४ विदेशी खेलाडी हुन सक्छन् । यी बाहेक विराट कोहली, मोहम्मद सिराज र महिपाल लोमरजस्ता खेलाडी उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

मुम्बई इन्डियन्सले पाँच पटक उपाधि जितेको छ । जबकि बैंगलोरले अहिलेसम्म सफलता पाउन सकेको छैन । समग्रमा हेड टु हेडको कुरा गर्दा दुवै टोली ३१ पटक आमनेसामने भएका छन् । जसमा मुम्बईले १७ पटक जितेको छ भने बैंगलोरले १४ पटक जितेको छ ।

आज मुम्बईको मौसम राम्रो रहनेछ । मुम्बईको तापक्रम २९ देखि ३४ डिग्री सेल्सियसको बीचमा रहनेछ । वानखेडे पिचमा बल सधैं बाउन्स हुन्छ । जसले प्रारम्भिक ओभरमा फास्ट बलरहरूलाई मद्दत गर्छ । पावरप्लेको अन्तिम ओभरमा ब्याटिङ सजिलो हुन्छ । यद्यपि स्पिन बलरहरूले पनि बाउन्सको फाइदा लिन्छन् ।

दुबै टिमका सम्भावित सुरुवाती ११
मुम्बई इन्डियन्सः रोहित शर्मा (कप्तान), इशान किशन, क्यामरन ग्रीन, सूर्यकुमार यादव, ट्रिस्टन स्टब्स, टिम डेभिड, नेहल वढेरा, जोफ्रा आर्चर, पियुष चावला, आकाश मधवाल र अरशद खान ।

रोयल च्यालेन्जर्स बैंगलोरः विराट कोहली, फाफ डु प्लेसिस (कप्तान), अनुज रावत, ग्लेन म्याक्सवेल, महिपाल लोमरर, दिनेश कार्तिक, केदार जाधव, वानिन्दु हसरंगा, कर्ण शर्मा, मोहम्मद सिराज र जोश हेजलवुड ।