२५ श्रावण २०८३, सोमबार
,
Latest
साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज रोहित शर्मा भर्सेस विराट कोहली



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लिग चरणको ५४ औं खेल मुम्बई इन्डियन्स (एमआई) र रोयल्स च्यालेन्जर्स बैंगलोर (आरसीबी)बीच हुँदैछ । खेल मुम्बईको वानखेडे स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ । मुम्बईका रोहित शर्मा र बैंगलोरका विराट कोहलीबीचको कडा टक्करका रुपमा पनि यस खेललाई हेरिएको छ ।

बैंगलोरको टोलीले यस मैदानमा मुम्बईसँग लगातार तीन खेलमा हार बेहोरेको छ । यस्तो अवस्थामा उसले यो खेलमा हारको क्रम तोड्ने प्रयास गर्नेछ । यस मैदानमा उसको अन्तिम जित सन् २०१५ मा भएको थियो । दुई टोलीबीच वानखेडेमा अहिलेसम्म जम्मा ८ खेल भइसकेका छन् । जसमध्ये मुम्बईले ५ जित हात पारेको छ । यस्तै, बैंगलोरले तीन खेल मात्रै जित्न सकेको छ ।

मुम्बईले यो सिजन अहिलेसम्म खेलेका १० खेलमध्ये ५ मा जित र ५ मा हार बेहोरेको छ । टोलीको १० अंक छ । बैंगलोरविरुद्धको टोलीका ४ विदेशी खेलाडीमा क्यामरन ग्रीन, ट्रिस्टन स्टब्स, टिम डेभिड र जोफ्रा आर्चर हुन सक्छन् । यी बाहेक सूर्यकुमार यादव, इशान किशन र पियुष चावलाजस्ता खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

बैंगलोरले यो सिजन अहिलेसम्म खेलेका १० खेलमध्ये ५ जित र ५ हारेको छ । टोलीको १० अंक छ । फाफ डु प्लेसिस, ग्लेन म्याक्सवेल, भानिन्दु हसरंगा र जोस हेजलवुड मुम्बईविरुद्धको टोलीका ४ विदेशी खेलाडी हुन सक्छन् । यी बाहेक विराट कोहली, मोहम्मद सिराज र महिपाल लोमरजस्ता खेलाडी उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

मुम्बई इन्डियन्सले पाँच पटक उपाधि जितेको छ । जबकि बैंगलोरले अहिलेसम्म सफलता पाउन सकेको छैन । समग्रमा हेड टु हेडको कुरा गर्दा दुवै टोली ३१ पटक आमनेसामने भएका छन् । जसमा मुम्बईले १७ पटक जितेको छ भने बैंगलोरले १४ पटक जितेको छ ।

आज मुम्बईको मौसम राम्रो रहनेछ । मुम्बईको तापक्रम २९ देखि ३४ डिग्री सेल्सियसको बीचमा रहनेछ । वानखेडे पिचमा बल सधैं बाउन्स हुन्छ । जसले प्रारम्भिक ओभरमा फास्ट बलरहरूलाई मद्दत गर्छ । पावरप्लेको अन्तिम ओभरमा ब्याटिङ सजिलो हुन्छ । यद्यपि स्पिन बलरहरूले पनि बाउन्सको फाइदा लिन्छन् ।

दुबै टिमका सम्भावित सुरुवाती ११
मुम्बई इन्डियन्सः रोहित शर्मा (कप्तान), इशान किशन, क्यामरन ग्रीन, सूर्यकुमार यादव, ट्रिस्टन स्टब्स, टिम डेभिड, नेहल वढेरा, जोफ्रा आर्चर, पियुष चावला, आकाश मधवाल र अरशद खान ।

रोयल च्यालेन्जर्स बैंगलोरः विराट कोहली, फाफ डु प्लेसिस (कप्तान), अनुज रावत, ग्लेन म्याक्सवेल, महिपाल लोमरर, दिनेश कार्तिक, केदार जाधव, वानिन्दु हसरंगा, कर्ण शर्मा, मोहम्मद सिराज र जोश हेजलवुड ।