१६ भाद्र २०८३, मंगलवार
,
Latest
बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर ‘कनेक्सन’ बारे छलफल हुने



file
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पार्टी सचिव टोपबहादुर रायमाझीबारे छलफल हुने भएको छ ।

एमाले केन्द्रीय कमिटीको बैठक यही वैशाख २८ गतेबाट सुरु हुँदैछ । बैठकमा विशेषगरी समसामयिक राजनीति र विकसित घटनाक्रमका बारेमा छलफल हुने र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव रायमाझीका बारेमा पनि छलफल हुने बताइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव समेत रहेका नेता रायमाझी समेत संलग्न भएको प्रहरीको निष्कर्षपछि अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

तर उहाँ अहिले फरार हुनुहुन्छ । पक्राउ पुर्जी जारी भएपछि पनि रायमाझी पक्राउ नपरेको भन्दै पार्टीको चर्को आलोचना भइरहेको छ ।

एमालेकै कतिपय नेताले समेत रायमाझीले अदालतमा उपस्थित भएर अनुसन्धानमा प्रहरीलाई सहयोग गर्नुपर्ने बताउँदै आएका छन् ।




भर्खरै