११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध

भुटानी शरणार्थी प्रकरण : नीति मिलाउने रायमाझी र राई नेता मनाउने गिरोह

भुटानी शरणार्थी प्रकरण : नीति मिलाउने रायमाझी र राई नेता मनाउने गिरोह
अ अ+ अ-

भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोहलाई सहजीकरण गर्न उच्च राजनीतिक नेतृत्व नै संलग्न भएको पाइएको छ।

कांग्रेसभित्र उपल्लो तहमा प्रभाव राख्ने कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा आरजु राणा देउवा र तत्कालीन गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मन्जु खाण नै लेनदेनमा संलग्न भएको अडियो बाहिरिएपछि गिरोहलाई सहजीकरण गर्न राजनीतिक नेतृत्व नै संलग्न भएको आशंका बढेको छ।

साथै गृह मन्त्रालयको निरन्तर उत्तराधिकारीका रूपमा आएका तत्कालीन बालकृष्ण खाणले नै भुटानी शरणार्थीको समस्या समाधान गर्ने नाममा गिरोहलाई पैसा उठाउन बल पुग्नेगरी ताकेता गर्दा उनको संलग्नता लुकाउने ठाउँ भेटिएको छैन। यद्यपि खाण र आरजु राणाले यो विषयमा आफ्नो संलग्नता नभएको बताएका छन्। यही प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पक्राउ नै परिसकेका छन्।

गृह मन्त्रालयमा नीति मिलाउने कार्यमा एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजित राई संलग्न थिए। राई तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार नियुक्त भएका थिए। उनी नियुक्त भएपछि नै गिरोहले आफ्नो काम थालेको थियो। सो गिरोहले प्रशासनिक काममा राईलाई प्रयोग गरेको थियो भने रायमाझीले भुटानी शरणार्थी स्थायी र दीर्घकालीन समस्या समाधान गर्न कार्यदल गठनका लागि तत्कालीन गृहमन्त्री थापालाई मनाएका थिए।

भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोहलाई सहजीकरण गर्न उच्च राजनीतिक नेतृत्व नै संलग्न भएको पाइएको छ।

‘सल्लाहकार राई गोप्य भन्दै सधैं शरणार्थीहरूको फाइल बोकेर हिँड्ने गर्थे। रायमाझी मन्त्रीलाई भेटेर मनाउने गर्थे, त्यही क्रममा कार्यदल बनेको हो,’ तत्कालीन मन्त्रीको सचिवालयमा बसेर काम गरेका एक सदस्यले भने। उनका अनुसार रायमाझीकै दबाबमा कार्यदल बनेपछि गिरोहका सदस्यहरू निकै सक्रिय भएका थिए।

स्रोतका अनुसार गिरोहमा संलग्न मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी, पाँचथरका कुमार गुरुङ, दाङका सन्देश शर्मा छन् भने एकजना अमेरिका पनि बस्छन्। प्रहरीले अमेरिकामा रहेका व्यक्तिको नाम सार्वजनिक गर्न चाहेको छैन। उनी अमेरिका पुगेपछि मात्रै प्रहरीमा यस प्रकारको गहिरो सूचना आएको थियो। ‘यतिबेला अनुसन्धानलाई हेर्दा रायमाझी र राई नीति मिलाउने, गिरोहका सदस्यहरू राजनीतिज्ञहरूलाई मिलाउनेमा सक्रिय हुने गरेको बुझिन आएको छ, पक्राउ परेकाहरूको बयानलाई हेर्ने हो भने पनि यही देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने। तर एमाले सचिव रायमाझी अहिले फरार छन्। प्रहरीले पक्राउ पुर्जी जारी गर्नेबित्तिकै उनी फरार भएका हुन्। उनी फरार भए पनि विभिन्न शंका–उपशंका उत्पन्न भएपछि प्रहरीले उनको खोजी जारी राखेको बताइएको छ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले अनुसन्धानमा कुनै पनि कमजोरी नभएको र शंका गर्नुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै जोजो भए पनि अनुसन्धानको दायरामा ल्याइने बताउनुभयो । ‘फरारहरू पनि पक्राउ पर्छन्, अझै अनुसन्धान गर्न बाँकी रहेकाले अरू पनि पक्राउ पर्छन् । अनुसन्धानमा कुनै कमजोरी छैन,’ एसएसपी कार्कीले भने। आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।