१६ भाद्र २०८३, मंगलवार
,
Latest
काभ्रेका सात स्थानीय तहद्वारा बाढीपीडितका लागि एक करोड बढी सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन मुख्यमन्त्रीद्वारा नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक निरीक्षण चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नटिङहम फरेस्टद्वारा साउथह्याम्प्टन पराजित



अ+ अ-

एजेन्सी । इंगिलस प्रिमियर लिग फुटबल अन्तर्गत नटिङहम फरेस्टले जित निकालेको छ । गएराति भएको खेलमा नटिङहमले साउथह्याम्प्टनलाई घरेलु मैदानमा ४–३ गोलले हराएको हो ।

नटिङहमलाई जित दिलाउन ताइओ एओनीइले दुई तथा मोर्गान गिब्स ह्वाइट(पेनाल्टीमा) र डानिलोले एक–एक गोल गरे । साउथह्याम्प्टनका कार्लोस अल्काराज, ल्यान्को र जेम्स वार्ड प्रोसेले (पेनाल्टीमा) गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

यो नतिजासँगै नटिङहम ३५ खेलबाट ३३ अंकका साथ तालिकाको १६ औं स्थानमा रहँदा साउथह्याम्प्टन समान खेलबाट २४ अंकका साथ पुछारमा छ । यो हारपछि साउथह्याम्प्टन रेलिगेसनमा पर्ने लगभग निश्चित भएको छ ।