• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   एक ओभरमा ११ बल फ्याँकेर लाजमर्दो कीर्तिमान राखे क्यानेडियन बलरले ★   राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गयो: नेकपा एस ★   टी–२० विश्वकपको पहिलो खेलमै १० छक्का प्रहार गर्ने आरोन जोन्स को हुन् ? ★   सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य छैन: अध्यक्ष केसी ★   सन्दीप लामिछानेलाई अमेरिकाले भिसा उपलब्ध नगराएकोमा राप्रपा प्रमुख सचेतक शाहीको आपत्ति ★   दिल्लीका मुख्यमन्त्री केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्दै ★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा ★   बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी ★   जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँ: सांसद सापकोटा ★   संसदीय छानविन विशेष समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानविन गर्छ: गगन थापा

टुकुचालाई खोलाकै रुपमा फर्काउन बालेनले सुरु गरे कानुनी प्रक्रिया



फाईल फोटो

काठमाडौँ । पाटन उच्च अदालतले दरबारमार्गस्थित जय नेपाल सिनेमाघरको कम्पाउण्डमुनी भेटिएको टुकुचा ढल नभइ खोला नै भएको ठहरसहित फैसला गरेपछि सो खोलालाई खुलारुपमा नै बगाउन काठमाडौँ महानगरपालिकाले कानुनी प्रक्रिया सुरु गरेको छ ।

अदालतको फैसलामा टुकुचा खोलाको क्षेत्राधिकार (राइट अफ वे) भित्र पर्ने जग्गा व्यक्ति विशेषका नाममा दर्ता कायम रहन नसक्ने र जग्गामा निजी तवरमा निर्मित भौतिक संरचनासमेत स्वतः वैध हुने उल्लेख भएको भन्दै महानगर प्रवक्ता नवीन मानन्धरले खोलामाथि पर्ने जग्गाको लगत कट्टाको मागसहित भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सोमबार पत्राचार गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार मालपोत ऐन २०३४ को दफा २४ को प्रयोजनार्थ महानगरको प्रमुखस्तरीय निर्णयले मन्त्रालयमा पत्राचार गरिएको हो । मन्त्रालयलाई लेखिएको पत्रलाई उद्दत गर्दै प्रवक्ता मानन्धरले हात्तीसार क्षेत्रमा टुकुचार खोला र खोलाको बहाव क्षेत्रभित्रको जग्गा त्रुटिवश व्यक्ति विशेषका नाममा दर्ता कायम रहन भएको देखिएको हुँदा यथाशीघ्र व्यक्ति विशेषका नाममा दर्ता रहेको उक्त लगत कट्टा गर्ने र सार्वजनिक प्रयोजनमा रहने गरी आवश्यक कारबाहीको माग गरिएको छ ।

सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुन गएको अवस्थामा त्यस्ता दर्ता स्वतः बदर हुने र सम्बन्धित मालपोल कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले सोको लगत कट्टा गर्नुपर्ने व्यवस्था गरेको बताउँदै उहाँले सोही ऐनका आधारमा महानगरले मन्त्रालयलाई पत्राचार गरेको उहाँले स्पष्ट पार्नुभयो । यो समाचारका आजको गोरखापत्रमा प्रकाशित छ ।

२०६५ मंसिर १ गतेको मन्त्रिपरिषदको बैठकले समेत खोला, खोल्सी र राजकुलो छोप्न बदेज लगाएको प्रवक्ता मानन्धरको भनाइ छ । त्यसैगरी बैठकले ोलाको बहाव क्षेत्र र सोको दायाँबायाँ चार मिटरका दरले जग्गामाथि कुनै भौतिक संरचना निर्माण गर्न नपाइने स्पष्ट मापदण्ड तोक्ने निर्णय गरेको थियो ।

काठमाडौँ महानगरपालिकाले गत भदौ ३० गते दरबारमार्गस्थित जय नेपाल हलको सिनेमाघरको कम्पाउण्ड खोतल्दा टुकुचा खोला भेटिएको थियो ।