२५ श्रावण २०८३, सोमबार
,
Latest
आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित ‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक… विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेता सिंहको प्रश्ताव अदालत र अख्तियारले पनि विकास निर्माणलाई प्रभावित पारेः काँग्रेस सांसद स्वाँर
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिंकु सिंहको चौकाले गर्यो कमाल, पञ्जावविरुद्ध अन्तिम बलमा कोलकाताको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्सले पञ्जाव किंग्सलाई ५ विकेटले पराजित गरेको छ ।

कोलकातालाई अन्तिम २ ओभरमा २६ रन चाहिएको थियो भने १९ औं ओभरमा आन्द्रे रसेलले २० रन बनाएर टोलीलाई जितको नजिक पुर्याएका थिए ।

कोलकातालाई २० औं ओभरको अन्तिम २ बलमा २ रन चाहिएको थियो । रसल पाँचौं बलमा रनआउट भए पनि अन्तिम बलमा रिंकु सिंहले चौका प्रहार गर्दै टोलीलाई जित दिलाए ।

कोलकाताको इडेन गार्डेन रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको पञ्जावले २० ओभरमा ७ विकेट गुमाएर १७९ रन बनाएको थियो । जवाफमा कोलकाताले ५ विकेटमा लक्ष्य पुरा गर्यो ।

पञ्जावका शिखर धवनले अर्धशतक बनाए । अन्तिममा शाहरुख खानको ८ बलमा २१ रन, ऋषि धवनको ११ बलमा १९ रन र हरप्रित बरारको ९ बलमा १७ रनको मद्दतले पञ्जावले केकेआरलाई १८० रनको लक्ष्य दिएको थियो । कोलकाताका वरुण चक्रवर्तीले ३ र हर्षित राणाले २ विकेट लिए । यस्तै, नीतिस राणा र सुयश शर्माले एक–एक विकेट लिए ।

१८० रनको लक्ष्य पछ्याएको कोलकाताले सुरुमै ओपनरको विकेट गुमाएको थियो । नितिश राणाले ५१ रनको इनिङ खेल्दै टोलीलाई जितको नजिक पुर्याए । उनीपछि आन्द्रे रसेलले २३ बलमा ४२ र रिंकु सिंहले १० बलमा २१ रन बनाएर टोलीलाई ५ विकेटले जित दिलाए । पञ्जाबका राहुल चाहरले २ विकेट लिए । हरप्रीत ब्रार र नाथन एलिसले एक–एक विकेट लिए ।

कोलकाता नाइट राइडर्सलाई अन्तिम २ ओभरमा २६ रन चाहिएको थियो । यहाँ आन्द्रे रसेलले लगातार ३ छक्का प्रहार गरे । अन्तिम ओभरमा टोलीलाई ६ रन मात्र आवश्यक थियो तर रसेल पाँचौं बलमा रनआउट भए ।

अन्तिम बलमा २ रन आवश्यक थियो, अर्शदीप सिंहले फुल टस बलिङ गरे । जसमा रिंकुले लङ लेगको दिशामा चौका प्रहार गर्दै टोलीलाई जित दिलाए ।