• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

रिंकु सिंहको चौकाले गर्यो कमाल, पञ्जावविरुद्ध अन्तिम बलमा कोलकाताको रोमाञ्चक जित



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्सले पञ्जाव किंग्सलाई ५ विकेटले पराजित गरेको छ ।

कोलकातालाई अन्तिम २ ओभरमा २६ रन चाहिएको थियो भने १९ औं ओभरमा आन्द्रे रसेलले २० रन बनाएर टोलीलाई जितको नजिक पुर्याएका थिए ।

कोलकातालाई २० औं ओभरको अन्तिम २ बलमा २ रन चाहिएको थियो । रसल पाँचौं बलमा रनआउट भए पनि अन्तिम बलमा रिंकु सिंहले चौका प्रहार गर्दै टोलीलाई जित दिलाए ।

कोलकाताको इडेन गार्डेन रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको पञ्जावले २० ओभरमा ७ विकेट गुमाएर १७९ रन बनाएको थियो । जवाफमा कोलकाताले ५ विकेटमा लक्ष्य पुरा गर्यो ।

पञ्जावका शिखर धवनले अर्धशतक बनाए । अन्तिममा शाहरुख खानको ८ बलमा २१ रन, ऋषि धवनको ११ बलमा १९ रन र हरप्रित बरारको ९ बलमा १७ रनको मद्दतले पञ्जावले केकेआरलाई १८० रनको लक्ष्य दिएको थियो । कोलकाताका वरुण चक्रवर्तीले ३ र हर्षित राणाले २ विकेट लिए । यस्तै, नीतिस राणा र सुयश शर्माले एक–एक विकेट लिए ।

१८० रनको लक्ष्य पछ्याएको कोलकाताले सुरुमै ओपनरको विकेट गुमाएको थियो । नितिश राणाले ५१ रनको इनिङ खेल्दै टोलीलाई जितको नजिक पुर्याए । उनीपछि आन्द्रे रसेलले २३ बलमा ४२ र रिंकु सिंहले १० बलमा २१ रन बनाएर टोलीलाई ५ विकेटले जित दिलाए । पञ्जाबका राहुल चाहरले २ विकेट लिए । हरप्रीत ब्रार र नाथन एलिसले एक–एक विकेट लिए ।

कोलकाता नाइट राइडर्सलाई अन्तिम २ ओभरमा २६ रन चाहिएको थियो । यहाँ आन्द्रे रसेलले लगातार ३ छक्का प्रहार गरे । अन्तिम ओभरमा टोलीलाई ६ रन मात्र आवश्यक थियो तर रसेल पाँचौं बलमा रनआउट भए ।

अन्तिम बलमा २ रन आवश्यक थियो, अर्शदीप सिंहले फुल टस बलिङ गरे । जसमा रिंकुले लङ लेगको दिशामा चौका प्रहार गर्दै टोलीलाई जित दिलाए ।