२४ भाद्र २०८३, बुधबार
,
Latest
पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिग: मनाङ र पुलिस बराबरीमा रोकिए



अ+ अ-

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लब बराबरीमा रोकिएका छन् ।

सोमबार एन्फा कम्पेल्क्स सातदोबाटोमा भएको खेलमा मनाङ र पुलिसले २-२ गोलको बराबरी खेल खेल्दै अंक बाडेका हुन् ।

मनाङका लागि रोशन राना मगरले ३३ औं मिनेटमा गोल गरेका थिए । यस्तै, सइद आजमल डाभोल्टातेजनोले ४४ औं मिनेटमा गोल गरे ।

पुलिसका लागि दुबै गोल अहमद हिजाजीले गरे । उनले खेलको १६ औं र ७१ औं मिनेटमा गोल गरेका थिए ।

मनाङ १६ खेलमा २० अंकसहित अंकतालिको आठौं स्थानमा यथाबत रहेको छ भने पुलिस १६ खेलमा १६ अंक सहित तालिकाको पुछारमा रहेको छ ।