१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढाकाको ठाउँमा विन्दाबासिनी बनिन् सांसद, सर्वोच्चको आदेशले सपथ रोकिने सम्भावना



फाईल फोटो
अ+ अ-

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ढाकाकुमार श्रेष्ठको ठाउमा विन्दाबासिनी कंसाकारलाई सांसद बनाएको छ । तर, सर्वोच्च अदालतले आज ढाकाकुमारलाई कारवाही गर्ने रास्वपाको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

रास्वपाले ढाकाकुमार कारबाही गरेर उनको ठाउँमा कंसाकारलाई सांसद बनाउन निर्वाचन आयोगमा पत्र दिएको थियो । आयोगले पनि विन्दाबासिनी सांसद हुने निर्णय अघिल्लो साता नै गरेको थियो । उनले आयोगबाट सांसद भएको प्रमाणपत्र समेत लिइसकेकी छन् ।

तर, सर्वोच्चले ढाकालाई तत्काल कारवाही नगर्न दिएको अन्तरिम आदेशले उनको सांसद पद तत्काललाई थमौती हुन्छ वा हुँदैन भन्ने अन्योल देखिएको छ ।

ढाकाले आफूमाथि गरिएको कारवाही बदर गर्न माग गर्दै आईतबार रिट दायर गरेका थिए ।न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

मन्त्री हुनलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भन्दै श्रेष्ठलाई रास्वपाले समानुपातिक सांसद र पार्टी साधारण सदस्यबाट हटाएको थियो।

श्रेष्ठलाई सांसदबाट हटाइएको सूचना सभामुख देवराज घिमिरेले संसदमा पढेर सुनाइसकेका छन्।