• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

नक्कली भूटानी शरणार्थी प्रकरण: पक्राउ परेकालाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति



काठमाडौँ । नक्कली भूटानी शरणार्थी काण्डमा पक्राउ परेकालाई काठमाडौँ जिल्ला अदालतले आइतबार थप ७ दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

अदालतले पक्राउ परेका निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टंक गुरुङ र सागर थुलुङ राईलाई थप ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।

अदालतले पक्राउ पुर्जी जारी गरेका नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझी र बादलपुत्र नवीन थापा बुधबारदेखि फरार छन् ।

प्रहरीले अदालतको अनुमतिले उनीहरुलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने छ ।