४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारको विषयमा बोल्न नपाउँदा कपडा खोलेको हुँ– अमरेशकुमार सिंह



अ+ अ-

काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभाको सोमबारको बैठकमा भ्रष्टाचारको विषयमा बोल्न नपाउँदा कपडा खोलेर विरोध गरेको प्रष्टीकरण दिनुभएको छ ।

भ्रष्टाचारको विषयमा संसद्मा बोल्नका लागि सभामुखसँग आकस्मिक समय मागेको र समय नपाए हदैसम्मको विरोध गर्ने बैठक अगावै सभामुखलाई जानकारी गराएको उहाले बताउनुभयो ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले आफूले प्रचारबाजीका लागि मात्र प्रतिनिधिसभा बैठकमा कपडा नखोलेको स्पष्ट गर्नुभयो ।

“सभामुखलाई आग्रह गरेँ । आकस्मिक समयमा भ्रष्टाचारको विषयमा बोल्छु । दुई मिनेट पाउने हो त्यो समय पाउँ’ सांसद सिंहले पत्रकारहरुसित भन्नुभयो, “उहाँ (सभामुख) लाई पहिल्यै भनेको थिएँ समय नपाए म प्रोटेस्टको अन्तिम लेबलसम्म जान्छु । शब्दमै भनेको थिएँ कपडा खोल्छु ।”

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्न समय मागेका सांसद सिंहले समय नपाएपछि कपडा खोलेर विरोध जनाउनुभएको थियो ।

आफ्नो लागि सदन निवस्त्र भएको, जनताको लागि सदन निर्वस्त्र भएकाले आफूले त्यसको विरोधका लागि कपडा खोलेको उहाँले जवाफ दिनुभयो ।