२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटका सिद्धान्त र प्राथमिकता जनताको आँखामा छारो हाल्न ल्याइयो: वामदेव गौतम



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले प्रश्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकता नागरिकको आँखामा छारो हाल्नका लागि ल्याइएको जस्तो भएको बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभाको बैठकमा सरकारले आईतवार प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफलमा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सिद्धान्त र प्राथमिकता बिरोध गर्नुपर्ने र समर्थन गर्नुपर्ने कुनै ठाउँ नरहेको जिकिर गर्नुभयो ।

उहाँले बजेटका सिद्धान्त र प्राथमिकतामा गर्छौं र हुनेछ बाहेक अन्य नभएको बताउनु भयो । उहाँले बजेटका सिद्धान्त र प्राथमिकता लागू गर्ने हो भने ४५ खर्ब भन्दा कमी रकमले नहुने स्पष्ट पार्नुभयो । उहाँले राज्य व्यवस्था परिवर्तन भएपनि शासकीय स्वरुप परिवर्तन हुन नसक्दा जनताले मार खेपिरहनुपरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक वर्ष २०८० का सिद्धान्त र प्राथमिकता सम्बन्धमा नेपाल सरकारले प्रश्तुत गेका विषयमा छलफलमा छौँ । सिद्धान्त र प्राथमिकता हेर्दा बिराधै गर्नुपर्ने केही पनि छैन । समर्थन गर्नैपर्ने हो भने दुई, तीन वटा बाहेक अरु केही छैन । यसमा गरिनेछ, हुनुपर्छ बाहेक केही पनि छैन, यो सिस्टम २०१५ सालदेखि शुरु भएको अन्त्य भएको छैन । हरेक वर्ष शुरु हुन्छन् अर्को आर्थिक वर्ष शुरु हुँदा आउँछन् र सकिन्छन् । ४५ खर्ब भन्दा बढीले यो लागू हुँदैन । मानिसलाई छक्याउने बाहेक केही पनि छैन । निर्वाचित भएर आउनेले मार खानुपर्छ । राज्य व्यवस्था परिवर्तन भयो, तर शासकीय स्वरुप उही छ ।

आर्थिक व्यवस्था, सामाजिक व्यवस्था त्यही छ । दुई दुई महिनामा सरकार परिवर्तन गर्ने लाजमर्दो यो व्यवस्था हाम्रो देशलाई बर्बाद गर्ने व्यवस्था भनेको संसदीय व्यवस्था हो । राजा फालेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली लागू गरेको भए आज हामी अमेरिका भन्दा अघि हुन्थ्यौँ । हामी राम्रो व्यवस्थामा जाने हो भने सबैभन्दा पहिला प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँ ।’
सदस्य गौतमले दुई दुई महिनामा सरकार परिवर्तन गर्नु लज्जास्पद भएको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जान आवश्यक रहेको बताउनु भयो ।