काठमाडौं । प्रतिनिधि सभाको बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंह संसदमै अर्धनग्न बनेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समयमा बोल्न समयको माग गरेका थिए । तर सभामुख देवराज घिमिरेले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट खोलेका हुन् ।
संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुखले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेका छन् ।