२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभामा रमेशजंग रायमाझीको अभिव्यक्तिप्रति एमालेको आपत्ति



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभाको आजको बैठकमा शुरुमै नियमापत्ति जनाएको छ ।

सोमवार बसेको बैठकमा नेकपा एमालले आईतवारको बैठकमा नेपाली काँग्रेसका राष्ट्रिय सभामा दलका नेता रमेशजंग रायमाझीले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै नियमापत्ति जनाएको हो ।

आईतवार राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीले एमाले सचिव टोपबहादुर रायमाझीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको जड्खेलो छोरो भन्ने अभिव्यक्ति दिनुभएको थियो । सोही अभिव्यक्तिलाई लिएर एमालेले नियम आपत्ति जनाएको हो । बैठकमा राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले रमेशजंग रायमाझीले दिनुभएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो । उहाँले यस्ता शब्दहरुले संसद र सांसद स्वयंको पनि गरिमा घट्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘माननीय रमेशजंग रायमाझीले जुन खालको अभिव्यक्ति दिनुभएको छ, हिजो आफ्ना अभिव्यक्ति राख्ने क्रममा छ । त्यसमा नेकपा एमालेको नियमापत्ति छ । हामीले हिजो नियमापत्ति जनाउने सोचेपनि पहिलो दिनको बैठक भएकाले गरेनौँ । उहाँले हिजो पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमाले पार्टी सचिव टोपबहादुर रायमाझीलाई जड्खेलो छोरो भन्नुभएको छ, यो शब्दप्रति हाम्रो नियमापत्ति छ । संविधानको धारा २६९ ले समान विचार भएका र सिद्धान्त भएकाहरुको बीचमा संगठन निर्माण गर्न सकिने भनिएको छ, संविधानको धारा ११७ मा मौलिक हकको व्यवस्था गरिएको छ । त्यसमा व्यक्तिको व्यक्तिगत स्वतन्त्रतालाई हनन गरिने छैन भन्नेकुरा गरिएको छ । जड्खेलो छोरोको शब्द जुन राखियो, यो शब्दले हाम्रो सम्पूर्ण गरिमा सांसदको गरिमा घट्छ की बढ्छ ? हिजो उहाँले बोलेको उक्त शब्द रेकर्डबाट हटाउन माग गर्दछु ।’

नियमापत्तिसँगै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अडियो सुनेर नियम बिरुद्धमा रहेको भए मंगलवारको बैठकमा जानकारी गराउनेप्रीतवद्धता जनाउनु भयो ।