२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमतीलाई एसिड छ्याप्ने श्रीमान पक्राउ



अ+ अ-

रौतहट । श्रीमतीलाई एसिड छ्यापेको आरोपमा श्रीमान पक्राउ परेका छन् । रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ७ का सुन व्यवसायीसमेत रहेका ४२ वर्षका दीपक बिक पक्राउ परेका हुन् । 

विकले आफ्नी ३८ वर्षीया श्रीमती दीपिका बिकमाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले शनिबार नै पक्राउ गरेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए।

दीपिकाको एपोलो अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरमा एसिड परेको छ। एसिडले शरीरका छाला बिग्रेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ।